आफुलाई बाकसमा प्याक गरि प्रेमिकालाइ गिफ्ट ......

By
Advertisement
हरेक प्रेमी प्रेमिका आफ्नो प्रेमी वा प्रेमिकालाई अरुले भन्दा फरक अनि जीवनभर याद रहने गिफ्ट दिन चाहन्छन | यो मानबिय स्वभाब पनि हो |

दक्षिणी चीनका हु सेंगले पनि आफ्नी प्रेमिकालाई उनको जन्मदिनको अवसर मा यस्तै अनौठो उपहार दिन चाहन्थे | उनको दिमागमा एउटा नौलो उपाय आयो | आफै बाकसमा प्याक भएर जाने र चिच्याएर सरप्राइज दिने | यसको लागि उनले आफु लाइ बाकसमा प्याक गरे र आफ्नो प्रेमिकाको ठेगानामा पठाए |



बाकसमा प्याक भएर प्रेमिकाको घरमा ३ घण्टा ढिला पुगेपछि उनको ज्यानै झन्डै गएको थियो | जब प्रेमिकाले उक्त बाकश खोलिन उनको त होसै उड्यो | बाकसमा हु सेंग त थिए तर बेहोस अबस्थामा | उनको हालत देखेर प्रेमिकाले उनलाई तुरुन्तै हस्पिटल पुर्याइन |

पछि उपचार गरेपछि जब होस् आयो अनि आफुलाई येत्तिको धेरै समय लाग्छ भन्ने थाहा नभएको बताए | मैले यति धेरै समय लाग्छ भन्ने नै सोचिन | बाकस खोल्ने बित्तिकै चिच्याएर मा सरप्राइज दिन चाहन्थे तर...| बाकस भित्र रहदा जब मलाई सास फेर्न गर्यो भयो मैले बाकसमा प्वाल पर्ने कोसिस गरे तर असफल भए | त्यसपछि म बेहोस भएछु |

वास्तबमै हु सेंगले उनको प्रेमिकालाई जिन्दगि भर याद हुने गरि, कहिल्यै नबिर्सने उपहार दिए | तर यो उपहार पनि निक्कै महँगो पर्यो |

0 comments:

Post a Comment