अफ्रिकाको सबै भन्दा अग्लो चुचुरोमा प्याराग्लाइडिङ गर्न नेपाली छनौट

By
Advertisement
अफ्रिकी महादेशको सबैभन्दा अग्लो हिमाल किलिमान्जारोमा प्याराग्लाइडिङ गर्न नेपाली प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनुवार छनौट भएका छन् | ५ हजार ८ सय ९५ मिटर अग्लो हिमाल अफ्रिकी महादेशको तान्जानियामा अवस्थित छ |प्रतियोगितामा सहभागीले उक्त चुचुरोबाट प्याराग्लाईडिङमार्फत समुन्द्री सतहसम्म उडान गर्नु पर्ने छ | फेब्रुअरी ६ देखि ८ सम्म हुने उक्त साहसिक उडानको लागि हज्जारौले आबेदन दिएको भए पनि करिब २०० जनाले मात्र भाग लिन पाउने उक्त प्रतियोगितामा उनि बिहीबार छनौट भएका थिए |


पोखराको ब्लुस्काई प्याराग्लाईडिङ कम्पनीमा सातवर्षदेखि आबद्ध उनि टेण्डम (दुईजना उड्ने) पाईलट हुन् | यस अघि उनले 'समिट टु सी' नाम दिइएको नेपालमा रहेको बिश्वकै सर्बोच्च शिखर सगरमाथाबाट समुन्द्री सतहसम्म साहसिक यात्रा प्याराग्लाईडिङमा उडेर पुरा गरि कर्तिमान कायम गरिसकेका छन् |

सगरमाथाको सहाहिक उडान गरेपछि नेशनल जियोग्राफिक च्यानलले २०१२ को 'वर्षका साहसिक व्यक्ति'को उपाधि प्रदान गरेको थियो | उक्त उपाधिकै कारणले गर्दा उनले यो प्रतिस्पर्धामा निशुल्क सहभागी हुन पाएका हुन् | यो प्रतियोगितामा सहभागी हुन आबेदन सुल्क बापत ५ हजार डलर बुझाउनु पर्दछ | पोखराकी यी प्याराग्लाइडिङ पाइलट उक्त प्रतियोगितामा भाग लिन पाउनु नेपाल र पोखरा लाइ बिश्वमा संसारभर चिनाउने अवसर प्राप्त भएको बताउछन् |


विङग अफ किलिमान्जारो एक्सपिडिसनको आयोजना अफ्रिकाको यो चुचुरोमा भने पहिलो पटक आयोजना हुन लागेको हो |सगरमाथा भन्दा यो हिमाल होचो भएपनि हावाको चाप बढी हुने हुनाले निक्कै जोखिम भएको उनि बताउछन | |

0 comments:

Post a Comment