ल हेर्नुहोस,विश्वकै सबै भन्दा होचा व्यक्ति चन्द्र बहादुर डाँगी त भारतीय रे

By
Advertisement

updated: धेरै कमेन्ट पछि द सन् ले उक्त गल्ति सुधारेको छ |
बेलायत बाट प्रकाशित हुने "The Sun" ले बिश्वका सबै भन्दा होचा व्यक्ति चन्द्र बहादुर डाँगीलाइ भारतीय भनेर लेखेको छ | गिनिज रेकर्डले जारी गरेको भिडियोमा नेपालको भनेर प्रस्ट भने पनि the sun ले भने भारतको भनेर लेखेको छ |
तस्बिरलाई ठुलो पारि हेर्न यहाँ क्लिक्क गर्नुहोस
द सन् को अनलाइन सस्करण मा
Chandra Bahadur Dangi, 72, who stands at just 54.6cm was introduced to 18-year-old Jyoti Amge, who measures 62.8cm.
OAP Chandra, from India, and teenager Jyoti found fame last year when they were both confirmed as new record holders.
भनेर लेखिएको छ |

अगस्ट ३० मा प्रकाशित भएको उक्त समाचारमा त्यसरी नेपालको नामै नलेखी भारतीय भनेपछि धेरै जनाले त्यसको बिरुद्धमा आवाज उठाएका छन् | फेसबुकमा पनि यसको बारेमा चर्चा भएको छ भने द सन् को वेबसाइटमा पनि धेरै कमेन्ट हरु आएका छन् | द सन को समाचार प्रकाशित भएको पेज हेर्न यहाँ क्लिक्क गर्नुहोस

आउनुहोस हामी पनि यो गल्ति सच्याउन दबाब दिने कार्य गरौ |

यो गल्तिको बिरुद्ध हामी द सन् को यो समाचार प्रकाशित भएको लिंक मा गएर कमेन्ट गर्न सक्छौ भने द सन् को फेसबुक पेज मा गएर पनि कमेन्ट लेखेर सच्याउनको लागि दबाब दिन सकिन्छ |

कृपया सभ्यभाषा प्रयोग गरि कमेन्ट गरिदिनु होला |
यो पनि हेर्नुहोस

0 comments:

Post a Comment