Job Interview Tips - Interview Tips and Advice

By
Advertisement
--बिबश ढकाल
हामीलाई कुनै पनि कुरामा सफलता पाउनु ठुलो कुरा लाग्दछ | वास्तबमै सफलता पाउनु भनेको कुनै नौलो कुरा होइन तर सफलता प्राप्त गर्नको लागि कडा मेहनत, एकाग्रता., आत्मविश्वास को खाचो भने अबस्य पर्दछ | आउनुस आज हामी जागिर कसरि प्राप्त गर्ने भन्ने बारेमा चर्चा गर्दै छौ |


कुनै पनि जागिर पाउन तपाईमा किताबी ज्ञानमात्र भएर हुदैन तपाईमा स्मार्टनेस, कुरागर्ने ढंग वा शैली, सामान्य ज्यान आदि धेरै कुराको जानकारी हुनु पर्दछ | कुनै पनि जागिर पाउनको लागि तपाईमा निम्न कुराहरु अत्याबस्यक हुन्छ |

आत्मबिश्वाश र लगनशीलता
* आफ्नो क्षमताको आफै विचार गर्नुहोस | म यति सम्म गर्न सक्छु भन्ने पक्का हुनु होस् |
* आत्मा निर्भर बन्नुहोस, किताबी ज्ञानसंगै तालिम तथा आत्मविश्वास विकास गर्ने मा ध्यान दिनुहोस |
* सकारात्मक सोचको विकास गर्नुहोस |
* समय अनुसार घटेका घटनाहरुको जानकारी राख्ने गर्नुहोस |

छोटो मिठो
* भाषालाई खिचडी बनाउनु हुन्न | कुनै पनि कुराको उत्तर दिदा छोटो तरिकाले दिनुस, जे भन्नु पर्ने हो सो को मुख्य बिन्दुमा रहेर कुरा गर्नुहोस | अनाबस्यक कुराहरु थपेर बार्तालाप लम्ब्याउनु हुन्न |
* जुन कम्पनि मा पेसाको(JOB ) लागि जादै हुनु हुन्छ त्यो कम्पनीको बारेमा केहि ज्ञान तपाईमा हुनु पर्दछ |
* केहि मात्रामा टेक्निकल ज्ञान भयो भने जागिर पाउनमा सहयोग पुग्दछ |
* तपाइको ड्रेसअप फर्मल हुनु पर्दछ |
* देश बिदेशका केहि कुराहरु तथा घटेका घटनाहरुको जानकारी हुनु पर्दछ जसले गर्दा सोधिएका प्रश्न उत्तर दिन सजिलो होस् |
* Interview दिदा सभ्य र शिष्ट भाषाको प्रयोग गर्नु पर्दछ |
* जुन भाषामा प्रश्न सोधिन्छ त्यहि भाषामा उत्तर दिनु राम्रो हुन्छ |
* अंग्रेजी भाषा बढी प्रयोग हुने हुनाले सकेसम्म अंग्रेजी भाषाको राम्रो ज्ञान हुनु आबश्यक छ |
* उत्तर दिदा तर्क संगत हुनु पर्दछ |
* शान्त बस्न सक्ने हुनु पर्दछ |

0 comments:

Post a Comment