आज एक झमक निदाएपछि फेरि पटक्कै निद्रा लागेन । एउटा पीडा, एउटा वेदना र छुट्टै संवेदनाको अनुभव जीवनमा पहिलो पटक भएको थियो । बिपनीमा नहोस्,
सपनीमा नै भए पनि मेरा बुबाले मेरो सामीप्य चाहनुभएको यो रात । आजको सपना मेरा लागि जीवनका प्रिय, अमूल्य र कहिल्यै नभुल्ने क्षण । बुबाले मलाई मायाकोभाव दयनीय भएर प्रकट गर्दै मसँग गर्नुभएका संवादहरू म जीवनभरि भुल्न सक्दिनँ ।बिपनामा बुबासँग यस्ता संवाद कहिल्यै हुन सकेनन् । हरेक पल म यस्ता क्षणहरूकै आशामा झुन्डिरहन्थेँ ।
लेखक :लक्ष्मी उप्रेती;
आमा नहुनुको पीडा त थियो–थियो, बुबाबाट पनि हरेक पटकमर्माहत क्षण मात्र भोगेथेँ । प्रत्येक दिन डर र त्रास अनि अत्यासलाग्दो जीवन बितेथ्यो आमा बितेपछि बुबासँग हुँदाका क्षणहरूमा । बिपनीमा मात्र नभई सपनीमा समेत मटुहुरी हुनुको वेदनामा टुक्रिएकी थिएँ । तर आज अचानक बुबा बितेको वर्षौँपछि सपनामा मैले कति सुन्दर क्षण अनुभूत गरेँ बुबासँगका माया र स्नेहका भावपूर्ण संवादहरूबाट ।
“खै ! कहाँ हो खेतका गरागरा भएको ठाउँ जसलाई यस बेला म शब्दमा उतार्न सक्दिनँ । मेरा आँखामा छाएको त्यो ठाउँ सायद पहाडको कुनै सुन्दर ठाउँ हुनुपर्छ । सूर्यका किरणले खेतका गरागरामा चमक छरिरहेको । छिपछिपे पानीले भिजेका गरा । होचा, अग्ला अनि साना, ठूला, लामा, छोटा । आली, डिल जताततै प्रकृतिको हरियाली । क्षितिजमा नीलो अनि सफा, शुभ्र, शान्त, सुन्दर आकाश ।
कहीँकतै बादलका सुकसुकाउँदा थुम्का तरेली परेर फिँजारिएको सुन्दर मौसम । भित्र कतै झझल्काहरू छन् ती प्रकृतिका सुन्दर मनोरम दृश्यहरूको ममा । म जन्मिएकी, हुर्किएकी थिएँ सायद त्यहाँ अर्थात् त्यस्तै सिँगारिएको प्रकृतिको मनोरम स्थानमा ।
म खेतको तल्लो गराको एक छेउमा पूर्व फर्किएर शिरमाथि उठाएर उभिएकी थिएँ । बुबा अलि माथिल्लो गरामा पश्चिम फर्किएर उभिनुभएको थियो । आत्मग्लानिको बोधले

कारुणिक र स्नेही वाक्यमा मेरो मनलाई पगाल्ने प्रयत्नमा हुनुभएको मैले स्पष्ट अनुभूत गरेँ यस बेला । बुबाछोरीको बीचमा त्यस बेला १० फिटको पनि दूरी थिएन सायद ।
मनको पनि दूरी हटाएर बुबाले साँच्चिकै भावबिभोर भएर भन्नुभएथ्यो— “म तँलाई कति माया गर्छु π तँ किन रिसाएकी ?”
अहो, मेरा बुबा कति विवश !
“अँह, तपाईँ मलाई पटक्कै माया गर्नुहुन्न । माया गर्नुभएको भए यस्तो पक्षपात गरेर मलाई किन दुःख दिनुहुन्थ्यो त ?” मेरा असन्तुष्टिका वाक्यहरू निष्ठुरी भाषामा निस्किएका थिए । मैले चाहेर–नचाहेर सपनीमा बुबाको न्यानो स्पर्श मन पराइनँ, अर्थात् बुबाको संवेदनालाई मैले पत्याइनँ । यसमा बुबाका र मेरा आफ्ना–आफ्ना
बाध्यता थिए । पहिले म बुबाको स्नेह र मायाको मृगतृष्णामा रहिरहन्थेँ, बुबा भने मेरो संवेदनालाई हरेक पटक टुक्र्याउँदै टाढिनुहुन्थ्यो सायद। उहाँको यस्तै आफ्नै विवश स्थिति थियो त्यो । तर जे होस्, आज सपनीमा बुबा मप्रतिको स्नेहको अनुरागमा लालायित हुनुभयो । मैले स्वीकार गर्न सकिनँ पटक्कै उहाँको स्नेहलाई र म छेउमा समेत जान चाहिनँ । यसरी एउटा भुल्नै नसक्ने सपनीबाट ब्युँझिएँ । आँखाबाट आँसुका धारा बगिरहेका थिए बिपनीमा सिरानी पनि भिज्ने गरी ।
सपनीमा रुँदा कहिलेकाहीँ त बिपनीमा पनि भित्र कतै दुख्दो रहेछ । त्यसपछि म दुःखी नै रहेँ । खै कस्तो काँडाले घोच्यो, मायामा घोच्यो या पीडामा घोच्यो .. म यस्तै
घाइते मन लिएर उठेँ र बत्ती बालेर पल्टिरहेँ वरिपरि आँखा घुमाउँदै । सपना बिर्सनु कि स्मृति सम्झनु, म दोसाँधमा टोलाइरहेँ । यत्तिकैमा आँखा अगाडिका तस्बिरहरूमा पर्छन । कोठाको एक छेउमा विभिन्न तस्बिर छन् । अर्को छेउमा एउटा अग्लो टेबल छ जुन जहिले पनि ढोका खोल्नासाथ आँखाअगाडि नै पर्छ ल ।
त्यो टबलमाथि दुई वटा आर्ट गरेका ठूलठूला तस्बिर छन्— एउटा बुबाको अनि अर्को मेरी आमाको । झट्ट मेरा आँखा ती तस्बिरहरूमा पर्छन् । आल्हाद र विषादले मन खलबल्याउँछ । तस्बिरमा आमा मौन रहेर निर्बाध आँखाले मृदुल मुस्कानमा मलाई ममताले सुमसुम्याएको भान हुन्छ । तस्बिरमा मात्र होइन, मेरो मनको पूजा र जिन्दगीको आस्था बनेर उहाँ सधैँगाँसिनुहुन्छ मेरो दुःखसुखमा ।
आमाको तस्बिरलाई निस्फिक्री स्वीकार गर्न नसकेर पनि आमाको प्रतीकस्वरूपको त्यो आमाको तस्बिर मेरा लागि अतृप्त र अमूल्य दृष्टि बनिदिन्छ सधेँझैँ आज पनि । बुबाको तस्बिरमा मेरो दृष्टि फर्कन्छ, तर किन हो सधैँझैँ आज पनि उसै गरी एउटा प्रतिशोधमा हुन्छु म ? पितृ भइसकेका बुबाको तस्बिरलाई समेत श्रद्धाले निस्फिक्री स्वीकार गर्न नसक्नु मेरो जीवनसँग गाँसिएको तीतो सत्य किनकिन बल्झिरहन्छ ?
कहिलेकाहीँ धूपबत्ती बालेर आमाबुबा दुवैलाई पूजा गर्ने प्रयत्न गर्छु, तर फेरि अचानक बुबासँगको विगत सम्झिएँ भने त्यो पूजा आँसुमा डबडबाउँछ र बुबाको अन्यायपूर्ण कमजोर बाध्यतामा म पराजित हुन्छु ।

एक दिन म बुबासँग गिडगिडाएकी थिएँ— “एक पटक मलाई मायाले समसुम्याउँदै न्यानो स्पर्शको अनुभूत गराइदिनुहोस् मेरा बुबा π मेरो यो आन्तरिक हृदयको इच्छा, ठूलो आशा, यति तपाईँले पूरा गरिदिनुभयो भने मलाई अरू केही चाहिँदैन। मलाई यस्तो सौभाग्य दिनुहोस् न ..” तर अहँ, उहाँले त्यसो गर्न सक्नुभएन, बरु यसको जवाफमा बुबा छटपटाउनुभएथ्यो ।
कस्तो प्रकारको बाध्यता हो खै कोनि π
कस्तो प्रकारको बाध्यता हो खै कोनि π
“मसँग के छ र ? म के दिन सक्छु ?”भन्दै दयनीय भएर अभिशप्त अनुहारले छटपटिनुभएथ्यो मेरो सामुन्ने मेरो संवेदनालाई कुठाराघात गरेर एकक्षण मेरा बुबा ।
त्यसलाई पनि म कहिल्यै बिर्सन सक्दिनँ ।
त्यो क्षण मेरो परीक्षणको घडी थियो। हरेक पाइलामा मलाई सुरक्षा र सहयोगको आवश्यकता थियो । तर पनि मैले आफ्ना जन्म दिने बुबाबाट अरू त के अलिकति मायाको प्रत्याभूतिसमेत पनि पाउन सकिनँ । कस्ती लाचार र विवश छोरी म π सायद यसैले पनि मैले बुबालाई आन्तरिक हृदयले पूजा गर्न नसकेको हुन सक्छ जस्तो लाग्छ मलाई । मैले कसै गर्दा पनि मेरो संवेदनालाई परिवर्तन गर्न सकेकी छैन अहिलेसम्म पनि, न सपनीमा न बिपनीमा ।
त्यो क्षणको अभाव पछिसम्म अभावमा नै टुङ्गिएको थियो । त्यसपछि निकै समयको अन्तरालमा एउटा दयनीय अवस्थामा मात्र बुबासँग सामीप्यको एक निमेष पाएकी थिएँ— एउटा छटपटमा, एउटा वियोगान्त क्षणमा, झीनो आशाको सन्तापमा, अझ साँच्चै भन्ने हो भने बुबाकै मृत्युशय्यामा । बुबा जीवनको अन्तिम सत्यलाई आत्मसात् गर्न कठिन व्यथाको छटपटीमा आई. सी. यू. वार्डमा अर्धचेतन अवस्थामा हुनुहुन्थ्यो । बुबालाई हेर्नेको घुइँचो लागेको थियो।
म आई. सी. यू. वार्डमा सुरुसुरु पस्छु । म सम्झन्छु अतीतका क्षणहरूलाई । बुबा खुब छटपटाउनुभएथ्यो । म बुबाको नजिकै गएर एउटा कुर्सीमा बसेँ । बुबाले मलाई एकछिन टुलुटुलु हेरी मात्र रहनुभयो । केही बोल्न सक्नुभएन । मैले निधार सुमसुम्याएँ, पछिका आवाज अस्पष्ट थिए— सायद आत्मग्लानिको पीडाले पनि मर्माहत भएर हुन सक्छ, अनि आफ्नो व्यथाले पनि हुन सक्छ ।
बुबाले सकीनसकी मलाई प्रश्न गर्नुभयो— “तँ... ला... ई...कस्तो... छ ?” आँखाबाट आँसु बगेको थियो, विवश आँसु बुबाका आँखाबाट । हो, त्यहाँ माया थियो तर विवश माया, कायर माया, त्रासपूर्ण माया ।

कस्तो कमजोर हुन्छ नि मानिस कहिलेकाहीँ— म त्यस बिपनीको छोटो दयनीय संवादलाई सम्झन्छु ।
आज पनि सम्झिरहेछु झलझली मैले त्यस बेला भनेको— “बुबा,मलाई एकदमै राम्रो छ । मेरो पीर नमान्नुस् । म तपाईँकी भाग्यमानी छोरी हुँ । मेरो पीर नगर्नुस् ।” म पनि भावबिभोर भएर आँसुका धारा बगाउँदै पीडा लुकाउँदै बुबालाई आश्वस्त पार्ने प्रयत्नमा थिएँ । “म... ला... ई माफ ।” बस, यहाँभन्दा अगाडि बुबा बोल्न सक्नुभएन । सायद यसमा—। मेरा बुबाको छेउमा बस्ने र बुबाको आँसु पुछ्ने धोको धोकोमै सीमित रह्यो भन्न त मिल्दैन, तर...।

१० नम्बरको आई. सी. यू. वार्डको बुबा सुतेको बेडको नजिकै कुर्सीमा म अनि अलि पर अर्को बिरामी र बिरामीको सेवामा रहेका सिस्टर छौँ । मृदु भाषामा मलिन अनुहारले सबैतिर दृष्टि पु-याउँदै सिस्टरले कर्तव्यनिष्ठ तर कारुणिक बोलीले मलाई छेउमै आएर सङ्केत गर्छिन्— “दिदी, अब बाहिर जानुहोस् ।”
“एकै क्षण म बुबासँग बस्छु सिस्टर !”बुबा नजिक हुनु भनेको मेरो जीवनको सबभन्दा सुखद प्राप्ति भएको हुनाले मैले विनम्र अनुरोध गरेँ कारुणिक आवाजमा।
सिस्टर मेरो र बुबाको विचलित अनुहार पुलुक्क हेरेर एकक्षण स्तब्ध भइन् अनि अगाडि बढिन् । उनको मौन समर्थन थियो सायद ।
सिस्टर मेरो र बुबाको विचलित अनुहार पुलुक्क हेरेर एकक्षण स्तब्ध भइन् अनि अगाडि बढिन् । उनको मौन समर्थन थियो सायद ।
अलिअलि गर्दै थरथराउँदै बुबाले आफ्नो हातले मेरो हातलाई बल गरेर समात्नुभयो । बुबाका ती निरीह आँखाले मलाई एकोहोरो हेरिरहे, हेरिरहे । उहाँका ओठहरू थरथराउन थाले, सायद मलाई केही भन्न चाहनुहुन्थ्यो होला, तर शब्दहरू निस्कन सकेनन्, छातीमै अड्किरहे । मैले बुबाको मौन भाषा बुझ्न सकिनँ । मैले पनि हेरिरहेँ ।
हेर्दाहेर्दै बिस्तारै बुबाको हातको बन्धन खुकुलो भयो । मलाई केही भन्न चाहँदाचाहँदै सदाका निम्ति म फेरि दोस्रो पटक टुहुरी भएँ— बुबाआमाविहीन । तर बुबाका ती विवश आँखाले आजसम्म पछ्याइरहेका छन् र सधैँ पछ्याइरहने छन् । सपनीमा, बिपनीमा त्यो हेराइलाई बिर्सन सक्दिनँ ।

समय एउटा मीठो सम्झना, मीठो वेदनामा छचल्किएको छ । म यस बेला घरी बुबाले गरेका अन्याय सम्झँदै आफैँलाई व्यर्थ ठान्छु त घरी उहाँको लाचारीलाई धिक्कार्छु ।
तर बुबा भने आज सपनीमा आउनुभयो वषौँपछि मायाको त्यही झोली खोलेर जुन झोली मलाई देखाउन कहिल्यै पनि सक्नुभएको थिएन बिपनीमा ।
एक पटक बुबा मेरो घरमा आउनुभएको थियो । त्यस बेला आशाले, लोभले या अधिकारप्राप्तिकै लागि किन नहोस्, मैले डराई–डराई भनेँ—“बुबा, मेरो छेउको जग्गा
बेच्दै छन् । अलिकति थप्न पाए त हुन्थ्यो ।”
बुबाले मेरो अधिकारमा कर्तव्य सम्झेर सायद “केकति पर्छ, दुईतीन धुरको बुझ्नू, सबै जग्गाको पनि कति पर्दो रहेछ, बुझ्नू नि !” हाम्रा भान्दाइलाई अराउनुभएको
थियो । मतिर फर्किएर पनि “मलाई पनि बुझ न” भन्नुभएको थियो, तर त्यो मलाई देखाएको आशा बुबा घर पुग्नेबित्तिकै निखार्नुभएको थियो क्यार । फेरि मसँग र
भान्दाइसँग कहिल्यै पनि जग्गाको कुरा उठाउनुभएन । थाहा छैन आजसम्म पनि मलाई, किन यस्तो परिवर्तनको थलामा पुगेर बुबा हरेक पटक मेरो निरीहताको मजाक
उडाउन विवश हुनुभयो । सम्पन्नताको शिखरमा उभिएका बुबासँग गरिब र अभावमा सङ्घर्षरत जीवन बाँच्ने लाचार छोरीले अलिकति आशा गर्नु के गलत थियो त ?
म यतिखेर सम्झिरहेकी छु, सपनामा बुबाले मसँग सद्भाव व्यक्त गर्नुको के अर्थ हुन सक्छ ? बाँचुन्जेल छोरीप्रति सकारात्मक हुन नसकेका मेरा बुबा सपनीमा किन मायाभाव प्रस्तुत गर्नुहुन्छ ? बुबाको मृत्युको वर्षौँपछि म आज हैरान भएकी छु । किन मायाको नाममा मैले सधैँ तिर्सना नै भोग्नुपर्छ ? ‘चाहनु र नपाउनु’ किन मेरो
जीवनको पर्याय बन्दै गइरहेको छ ? कसले मलाई बताइदिन सक्छ ......
0 comments:
Post a Comment