
राष्ट्रपति डा रामवरण यादवका पुत्र प्रा डा यादवले सो अभियान धनुषा जिल्ला क्षेत्र नम्बर ५ का १५ वटा गाविसबाट सुरु गर्नुभएको हो ।
एक वर्षको योजना बनाउँदा धान रोप्नुपर्छ, दस वर्षको योजना बनाउँदा रुख लगाउनुपर्छ र सय वर्षको योजना बनाउँदा जनतालाई शिक्षित तुल्याउनुपर्छ भन्ने भनाइबाट प्रेरित भएर आफूले सो अभियान सुरु गरेको प्रा डा यादव बताउनुहुन्छ ।
“आयो आयो, साइकलमा रुख आयो,” “रुख हाम्रो भविष्य हो,” “रुख रोपौँ, हाम्रो भविष्य जोगाऔँ” र “मधेसका साथै देशलाई मरुभूमिबाट हुनबाट बचाऔँ” भन्ने नारासहित क्षेत्र नम्बर ५ को सपहीबाट सो अभियान सुरु गरिएको छ । सो क्षेत्रका १५ गाविसको प्रत्येक वडामा कम्तीमा दुई दुईवटा रुख रोप्ने सो अभियानको उद्देश्य छ । रासस
0 comments:
Post a Comment