बुद्ध एयरको विमानमा चरो ठोक्कियो

By
Advertisement
साउन १८ – आज बिहान बुद्ध एयरको एक विमानमा चरो ठोक्किएको छ । बुद्ध एयरको काठमाडौबाट विराटनगर उडेको जहाजमा चरा ठोक्किन पुगेको हो ।

विराटनगर विमानस्थलमा अवतरण गर्नै लाग्दा जहाजमा चरो ठोक्किएपछि जहाजको दायाँ पखेटाको ब्लेड कुच्चिएको छ । जहाजको एकातर्फ छ वटा ब्लेड हुन्छ । त्यो मध्ये एउटा ब्लेड कुच्चेको बताइएको छ ।

क्याप्टेन यशोधरा थापाको कमान्डमा उडेको सो विमानमा ७० यात्रु रहेको बताइएको छ ।

९एन- एजेओ कलसाइन भएको ७२ सिटे एटिआर - ७२ मोडलको उक्त जहाजको क्षति निरीक्षण गर्न बुद्धको इन्जिनियरको टोली पनि विराटनगर गइसकेको छ ।

चरो ब्लेडमा ठोक्किएपछि ब्लेड कुच्चिएकाले इन्जिनमा समेत क्षति पुगेको हुन सक्ने अनुमान गरिएको छ ।


0 comments:

Post a Comment