युनिटी इन्टरनेशनल नामक नेटवर्किङ व्यवसायका नाममा गैरकानूनी गतिविधि गरेर चार अर्ब रकम ठगी गरेको अभियोगमा प्रहरीको मोस्ट वान्टेड सूचिमा परेका उनलाई इलामको पशुपतिनगरबाट प्रहरीले पक्राउ गरेको हो ।
२ वर्षदेखि खोजी गरिरहेको उनलाई प्रहरीले हिजो बेलुकी इलामको पशुपतिनगरबाट पक्राउ गरेको हो । गुरुङसँगै मोष्ट वान्टेडको सूचीमा रहेका युनिटीका प्रवन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र अर्थ निर्देशक कृष्णबहादर क्षेत्री र महेन्द्र केसी भने अझै फरार रहेका छन् ।
उनीहरुलाई बिना इजाजत बैंक तथा वित्तीय संस्था सञ्चालन गरेको र ठगी मुद्दाको अनुसन्धानको लागि मोस्ट वान्टेड सूचिमा राखेर दुई वर्षदेखि प्रहरीले खोजी गरिरहेको छ।
लामो समयदेखि भारतको सिक्किमस्थित आफन्तहरु कहाँ लुकेर बसेका उनले सिक्किममै हुँदा केही नेपाली टेलिभिजन च्यानलहरुलाई अन्तर्वार्ता दिँदै सशस्त्र संघर्षको चेतावनी दिएका थिए।
0 comments:
Post a Comment