सुकुम्बासीको बिरोधमा ३ दिने ललितपुर बन्दको घोषणा

By
Advertisement

ललितपुरको सुन्दरीघाटमा सुकुम्बासीलाई राख्ने निर्णयको बिरोध गर्दै भोलि देखि तीन दिनसम्म ललितपुर बन्द हुने भएको छ ।

सुकुम्बासी राख्ने सरकारी निर्णयको बिरोध गरौ, आइतबार सोमबार र मंगलबार ललितपुर बन्द गरौं भन्दै शुक्रबार नै ललितपुर मा माइकिंग गरिएको थियो |



सरकारले थापाथली बाट हटाएको सुकुम्बासीलाई अस्थाई रुपमा ललितपुरकै सुन्दरीघाटमा राख्ने निर्णय गरेको थियो | सो निर्णय फिर्ता गर्न माग गर्दै यस अघि पनि १ दिने ललितपुर बन्द भै सकेको छ |

स्थानीय बासिलाई उक्साई दलका प्रतिनिधिहरुले नै यो आन्दोलन गर्न लगाएको स्रोत बताउछ | बन्दलाई एमाले, कांग्रेश, माओबादी जस्ता दलको समर्थन रहेको छ |

सरकार बिरुद्ध आन्दोलित भएका दलहरुले झन यसलाई चर्को रुपमा उठाई राजनीतिक रुप दिएको स्रोतको दाबी छ |

0 comments:

Post a Comment