विदुर नगरपालिका–९ कोलनीस्थित सन्तवीर तामाङको किराना पसलमा रहेको फ्रुटीमा अखाद्य कालो लेदो पदार्थ भेटिएको हो । दुगड फुड एन्ड बेभरेज प्रालिले उत्पादन गरेको फ्रुटीमा प्याकिङ मिति सन् २०१२ मे रहेको छ ।
बुधबार आफ्नी भान्जीलाई दिएको फ्रुटी भान्जीले खान लाग्दा पाइपमा कालो पदार्थ देखिएपछि खोलेर हेर्दा लेदो भेटिएको पसल सञ्चालक तामाङले बताए ।
‘एकसर्को खाइसकेर पाइप निकाल्दा कालो देखियो, के रहेछ भनेर पाइपले घोल्दा झन् धेरै कालो देखिएपछि खोलेको त कालो लेदो नै लेदो पो भेटियो’ पसल सञ्चालक तामाङको भनाई छ ।
तामाङले सो फ्रुटीमा भेटिएको अखाद्य पदार्थका बारेमा जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी दिइएको बताए ।
फ्रुटीमा अखाद्य पदार्थ भेटिएकाले बजारमा भएका सबै पसलका फ्रुटी बरामद गरी छानबिन गर्ने निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेलले बताए ।
सञ्चारकर्मीसँग यस्तो अभिव्यक्ति दिएको केही घन्टापछि नै प्रशासनले बजारबाट केही फ्रुटीको नमुना सङ्कलन गरी व्यापारीसँग बसेर खाएर ‘केही नभएको’ भन्दै छाडेको छ ।
0 comments:
Post a Comment