अस्पतालका नेत्र सहायक जोगीराम चौधरीका अनुसार एक हप्तायता दैनिक अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये एक सयजना बिरामी आँखा पाकेका नै हुने गरेका छन् ।
उपचारका लागि अस्पतालमा आएका आँखा पाकेका बिरामीमा केहीलाई भाइरल कन्जक्टिभाइटिस र केही ब्याक्टेरियल इन्फेक्शन भएको नेत्र सहायक चौधरीले जानकारी दिए ।
यी रोग फोहर पानीको प्रयोग र झिँगाको माध्ययमबाट सर्ने गर्दछन् ।
यसैबीच यस्तो समस्या आएका व्यक्तिलाई तुरुन्तै उपचारको लागि अस्पतालमा आइपुग्न पनि नेत्र सहायक चौधरीले सल्लाह दिएका छन् ।
0 comments:
Post a Comment