चढ्न लागेको बसले किचेर .......

By
Advertisement
सिरहामा आज बसमा चढ्न लाग्दा सोही बसको किचाईमा परी एक महिलाको ज्यान गएको छ ।

ठाँढी सडक खण्डको सोनमती मझौरी ८ मा आज दिउँसो बसले किचेर सिरहा गाढा ८ की २५ वर्षिय निर्मला पासवानको मृत्यु भएको हो ।

उनी बसका चढ्न लाग्दा भुईमा लडेपछि सोही बसले उनलाई किचेको थियो ।
उक्त बस यात्रु चढाउन सोनमती मझौरी चोकमा रोकिएको अवस्थामा चढ्न लाग्दा बस अगाडी गुडेको बताइएको छ ।

प्रहरीले चढ्नै नपाई बस अगाडि बढाएपछि लडेकी पासवानलाई गाडीको पछाडीको चक्काले किचेको थियो ।

बस चालक र सह चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको सानो गल्तिले घटना घट्न पुगेको प्रहरीले बताएका छ ।

0 comments:

Post a Comment