यीनै हुन संसारकै सबै भन्दा साना धुम्रपानकर्ता | World's Youngest Smoker

By
Advertisement

Tong Liangliang नामक ६ बर्षे चाइनिज बालक, जसले १८ महिनाको उमेरदेखि धुम्रपान गर्न सुरु गरेका थिए, अहिलेसम्म संसारकै सानो उमेरका धुम्रपानकर्ता ठहरिएका छन्|


संसारमा कुनचाही बाबुआमा यस्ता होलान जो आफ्नो छोरा-छोरीहरुलाई जानाजान कुलतमा फसाउलान? तर ६ बर्षे चिनिया Tong Liangliangलाई धुम्रपान गर्न
सिकाउने अरु कोहि नभएर उनकै बाबु हुन् जो धुम्रपान गर्ने बानीले hernia को कारणले हुने दुखाई कम गर्न मद्दत पुग्छ भन्ने बिश्वास राख्छन|


अचेल Tong Liangliang, दिनको एक बट्टा चुरोट सिध्याउछन र यदि उनको दुखाई कम नभएमा रिसले आवेशमा आउछन |

चाइना रेडियोका अनुसार "उनका पिता उनले दैनिक पिउने सिगार बढाउदै लागेकोमा खासै वास्ता गर्दैनथे र यसले कस्तो परिणाम ल्याउछ भन्नेमा पनि उन(पिता)ले त्यति ध्यान दिएका थिएनन|"


Tong ले उनि १८ महिनाको उनको पहिलो सिगरेट herniaबाट प्राप्त असहजता घटाउनका लागि पाएका थिए किनकि त्यतिबेला उनको उमेर अपरेशनका लागि धेरै कम थियो, जसले गर्दा अपरेशन असम्भव थियो र अन्य कुनै उपाय थिएन|


२००५ मा एक ३७ बर्षे युवकले आफुले ३ बर्षको उमेरदेखि धुम्रपान गर्दै आएकोले आफु सबै भन्दा कान्छो धुम्रपानकर्ता हुँ भन्ने दावीका साथ Guinness Book of Records मा निवेदन पेश गरे|


तर उक्त रेकर्डले हानिकारक बानिहरुलाई प्रोत्साहन दिने भन्दै उक्त व्यक्तिको निवेदनलाई अश्विकार गरिएको थियो|

यदि उक्त निवेदन सदर भएको भए अहिले Tong Liangliangको नाम पनि Guinness Book of Recordsमा सबै भन्दा साना उमेरका धुम्रपानकर्ताको रुपमा आउने थियो|

0 comments:

Post a Comment