आशा - अभिलाषाको चमत्कार : :Miracle of Hope :: Swet Mardan Part 2

By
Advertisement
Success Tips by Swet Mardan 


Publisher: Debi prasad Neupane
Translator: Ramhari Banjara

Writter: Swet Mardan

Hope :: Part  2


हामी पदार्थलाई जुन रुपमा प्राप्त गर्न चाहन्छौं त्यसै रुपबाट सोच्नाले वा त्यसै रुपबाट त्यसको रचना प्रति दृढ आग्रह राख्नाले, जुन रुपको बन्नु पर्ने हो सोहि अनुसारको भइ दिनाले यसरि लगातार जोड दिदै र साथै आफ्नो पूर्णतालाइ दृढता पुर्बक दाबि गर्न सक्नाले अनि त्यस्तो दृढ संकल्प र बिश्वास  गर्नाले जुन राम्रो बस्तुको हामी कामना गर्छौं त्यो बस्तु हामी बाट कुनै पनि हालतमा टाढा बस्न सक्दैन | किन भने हामीले सम्पूर्ण श्रेष्ठताले आफुले आफुलाई अभिन्न अंग बनाइसकेका हुन्छौं | र हाम्रो आदर्शमा पनि अझ बढी निखार आएको हुन्छ |
तपाई जुन पुरुष वा नारि समान बन्न चाहनु हुन्छ उसको आदर्श निरन्तर आफ्नो सम्मुख राख्नु पर्दछ | आफ्नो कार्य कुशलता विलक्षणता र सम्पूर्णता प्रति निरन्तर आफ्नो ध्यान एकाग्र राख्नु पर्दछ र गलत विचार अपूर्णताको विचार र हिनताको विचार आफ्नो मन बाट बाहिर निकाली दिनु पर्दछ | आफ्ना त्रुटिहरु दुर्बलताहरु तथा असफलताको बिचारहरुको कुनै पनि लेश मात्र पनि आफ्नो मनमा आउन नदिनु होस् | दृढता पुर्बक आफ्नो आदर्शको सौन्दर्य मुर्तिलाई आफ्नो आखा अगाडी राख्नु होस् र त्यसलाई प्राप्त गर्नको निम्ति निरन्तर उत्साह र उल्लाश पुर्बक कोसिश गर्दै जानुहोस तब तपाई आफ्नो मनोवंचित आदर्श प्राप्त गर्न सक्नुहुनेछ |

आशामा अपार शक्ति भरिएको हुन्छ | यस बिश्वास   मा हामीले जे चाहन्छौं त्यसलाई पाएरै छाड्छौं यसमा ठुलो सामर्थ्य लुकेको हुन्छ |

हाम्रो सपना अबश्य नै सत्य भएर छाड्छ -यस बिश्वासमा हाम्रो सफलताको रुपरेखा निहित रहेको हुन्छ |

मनमा आशाले नै हराभरा परि बढ्दै माथि उठाउने भन्दा अरु कुनै आदतै हुन सक्दैन | यश बिश्वश्लाई मनमा उत्साह भरिदिनेवाला अन्य कुनै विचार नै हुन सक्दैन | जसबाट हामी जुन पदार्थ चाहन्छु ठिक त्यहि रुपमा चाडै नै अबश्य प्राप्त गर्न सक्छौं | हाम्रो लागि जे हुन्छ राम्रै हुन्छ नराम्रो हुदै हुदैन, यस प्रकारको आत्मविश्वासमा अद्भुत शक्ति रहेको हुन्छ , लुकेको हुन्छ | मनमा दोहोर्याई रहनुहोस - म अबश्य सफल हुन्छु, बिजयी हुन्छु, असफल, पराजित भने कुरा नै नसोच्नुहोस | सधै प्रसन्न रहने, दुखलाई सहजै स्वीकार गर्ने र उदास नहुने बानि गर्नु पर्दछ |
यसप्रकारको आदर्श लाइ निरन्तर जोगाई राख्नु पर्दछ , मनमा भएका निराशा लाइ पर हटाएर आशा र आकांक्षाले भरिपुर्ण गर्नु पर्दछ | हरेक घटना र कुरामा लाभको आशा राख्नु पर्दछ |

आफ्नो हृदयमा सम्पूर्ण श्रद्धाले यो बिश्वाश गर्नुहोस कि तपाई त्यस कार्यको निम्ति योग्य हुनु हुन्छ र तपाइले त्यो कार्यलाई अबश्य गरेर देखाउनु हुनेछ , हो त्यहि कार्य गर्नको लागि नै त तपाइको जन्म भएको हो नि | य्येक पल पनि आफ्नो मनमा अविश्वासको एक रेखा सम्म पनि घुस्न दिनु हुदैन | यदि कुनै बेला घुस्ने कोसिस गर्छ भने त्यसलाई धकेलेर बाहिर फ्याक्नु पर्दछ |

 आफ्नो मनमा केवल आशा उमङ्ग,उत्साह, र कर्मठताको बिचारलाई मात्र स्थान दिनु पर्दछ | आफ्नो मनमा केवल आफ्नो आदर्शको प्रतिमूर्ति को निर्माण गर्ने प्रयत्न गर्नुहोस - जसलाई तपाइले दृढ निश्चय गर्नु भएको छ | आफ्नो आदर्श समान आफ्नो कार्य लाइ त्रुटीरहित बनाउनको निम्ति कडा मेहनत परिश्रम गर्नुहोस | जुन फल प्राप्त गणको निम्ति तपाइले संकल्प गर्नु भएको हो, जुन उदेश्य, सफलता तपाई प्राप्त गर्न तपाइले चाहनु भएको हो त्यसलाई प्राप्त गर्न तन,मन,धन दिएर लाग्नुहोस |

आफ्नो मनका शत्रु बिचारहरु (निराशा, शिथिलता, उत्साहहिनता, तथा खिन्नता ) सबैलाई त्यागी दिनुस | फोहोर सरह फ्याकिदिनुस | जुन बिचारले तपाइको उत्साह भंग गर्दछ, जसले तपाइको मन असफलता अनुतिर्णता र पराजय तिर धकेलिन्छ -त्यस खाले हिन भावनालाइ निकालेर फ्याकिदिनुस |

तपाइले के पाउन खेजेको हो वा के बन्ने कोसिस गरेको हो त्यसको कुनै मतलब राख्नु हुँदैन अर्थात् तपाइको लक्ष्य चाहे जति नै उच्चा किन नहोस तपाइको मनमा आंच आउन दिनु हुन्न | निराशालाई मन भित्र आउँ दिनु हुन्न | मनलाई सधै आशाले भरिपुर्ण राख्नु पर्दछ | आशाबादी बन्नुहोस, आशापूर्ण कुराकानी गर्नुहोस, आफ्नो आशा पुरा हुने उल्लाश बाट मनलाई सधै प्रफुल्ल राख्नुहोस |

यदि तपाइले यस्तो गर्नु भयो भने तपाईलाइ नै आश्चर्य लाग्ला कि तपाइको योग्यताको अद्भुत रुपमा बिकाश हुनेछ | तपाइको कुसलता तथा कार्य शक्तिमा आश्चर्यजनक रुपमा वृद्धि हुनेछ |

जब मनमा एकपटक प्रसन्न रहने स्वभाब जागृत भएर आउछ, हर्सले प्रफुल्लित भएर रहने बानि पर्दछ , धन सम्पत्तिको चित्र देख्ने प्रबित्तिवाला हुन्छ त्यसको लागि जल्ने कुढीने
शिथिल रहने, गरिबी जस्ता विचार पस्ने सम्भावना कमै हुन्छ | मनको ध्यान शत्रु विचार तर्फ जान नै पाउदैन | यदि कतै हामीले पनि आफ्ना केटाकेटी लाइ यस्तो बनि व्यहोराको आदत बसाल्न सक्यौ भने मानब सभ्यतामा अबश्य पनि क्रान्ति आउछ |हाम्रो जिबन स्तर मा नसोचेको प्रगति हुन जान्छ | आशा बाद को प्रशिक्षण प्राप्त गरि मन स्वभावत: यस्तो हुन पुग्छ कि उ आफ्नो अधिकतम शक्ति प्राप्त गर्न समर्थ हुन्छ | उ असमंजको स्थानमा सामन्जस्य तथा समन्वय प्राप्त गर्दछ | निर्दयाताको स्थानमा दयालुपन भरिन्छ | अशान्तिको स्थान मा शान्तिले भरिपुर्ण हुन्छ | अनाडिको ठाउमा कुशलता अनि असफलताको स्थानमा सफलता र बिजयको मुख देख्न सकिन्छ |



माथि लेखिएको कुनै पनि कुरा बाक्यहरुको अर्थ बुझ्न गाह्रो भएमा कमेन्टमा लेख्नुहोला त्यसलाई सविस्तार बताइने छ |

0 comments:

Post a Comment