स्मार्ट फोन प्रयोग गर्ने हरु होसियार ::Smartphone cause health problem

By
Advertisement
Smartphone हामी नया नया टेक्नोलोजी को प्रयोग गर्न त छिटो खोज्छौ तर तिनको प्रयोगले के कस्तो कुराहरु मा असर पर्छ भन्ने कुरामा ध्यान दिदैनौ | त्यस प्रति हामीले वास्ता पनि गरेको हुन्नौं | धेरै सुबिधा भएको तथा चलाउन सजिलो हुने हुनाले Smartphone छिट्टै नै धेरै बजार लिएको छ |

प्राय: धेरै को हात मा हिजो आज देख्न सकिन्छ Smartphone | तर यसको प्रयोगले के कस्तो असर हुन्छ भन्ने कुरामा हाम्रो ध्यान गएकै छैन |

लन्डनमा गरिएको एक अनुसन्धानमा Smartphone प्रयोग गर्ने व्यक्तिले होसियारी पूर्बक प्रयोग गरेन भने विभिन्न रोगहरु लाग्ने गर्छ | सबै भन्दा बढी गर्धन दुख्ने र औलामा चोट लाग्ने गर्दछ | डाक्टरहरुले सानो स्क्रीनमा हेर्नाले र औलाले स्क्रीन मा चलाउनाले स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने कुरा बताएका छन् |

Smartphone को अत्याधिक प्रयोगले औला, ढाड तथा गर्धन सम्बन्धि रोगबाट पिडित हुने गरेको पाइएको छ | Smartphone बाट हुने यस प्रकारको रोगलाई RSI नाम दिइएको छ यस किसिमको रोगले फ्रान्स मा धेरै मानिश पिडित भएका छन् भने कतिपय मानिश त प्यारालाइसीस पनि भएका छन् |

स्मार्ट फोन को प्रयोग गर्दा निक्कै ध्यान दिनु पर्ने देखिएको छ | संसार संग जोडिन जति यसले सजिलो बनाइदिएको छ त्यो भन्दा बढी यसले हानी पुर्याउने हुनाले यसको प्रयोग गर्दा उचित ध्यान दिनु जरुरि देखिन्छ |



0 comments:

Post a Comment