Lesson to be learnt by Nepali

By
Advertisement
हामी नेपाली खाली विदेश जान र आफ्नो धर्म. संस्कृति, परम्परा लत्याएर बिदेशी संस्कृतिको नक्कल गर्न र त्यसैमा  राम्रो मान्छौ | हामीलाई आफ्नो देशको बारेमा भन्दा बढी अर्काको देशको बारेमा जानकारी हुन्छ | अमेरिकामा सानो घटना हुदा आतिने हामी नेपालमै कुनै ठुलो दुर्घटना हुदा थाहा पाउदैनौ |

हाम्रा नेता भारत, अमेरिका लगायत विभिन्न राष्ट्रका नेताहरुको गुलामी गर्न र चाप्लुसी गर्न लाइन लगेर जान्छन | तर आफ्नो देशको बारेमा बाल मतलब छैन | यस्तैमा केहि कोरियन बालबालिकाहरुले हामीलाई गतिलो झाप्पड प्रहार गरेका छन् | तलको भिडियो हेरेर हामीले पनि केहि सिक्नु पर्छ कि?? हेरौ भिडियो:


भिडियोमा तपाईले देख्न सक्नुहुन्छ कि केहि कोरियन बालिकाहरु नेपाली राष्ट्रिय गान गाइरहेका छन् | उनीहरु यो गीत गाउन पाउदा निकै हर्षित देखिएका छन् | यद्यपी उनीहरु यसलाई गार्हो गरेर भएपनि गाइरहेका छन् | उनीहरुको गीतमा ताली बजेका छन् |

त्यसपछि एउटी बालिका देखा पार्छिन जसले हाम्रो देश, हाम्रो हिमाल, हाम्रो देशका सबै कुरा मन पराउने र हामीलाई पनि धेरै माया गर्छौं भनेकी छिन | उनको वाक्य वाक्यमा ताली बज्छ | तर उनको वाक्य वाक्यमा ताली बजाउनेमध्ये कतिलाई त नेपाली राष्ट्रिय गान पनि आउछ कि आउदैन कुन्नि??

भिडियो हेरेर हामीले पनि केहि सिक्ने हो कि यी कोरियन बालबालिकाहरुबाट??

0 comments:

Post a Comment