
Success Tips by Swet Mardan
Publisher: Debi prasad Neupane
Translator: Ramhari Banjara
Writter: Swet Mardan
Hope ::
आशा - अभिलाषाले कुनै बस्तुको आकृतिलाई गिलो माटोमा तयार पारि साँचोमा ढाल्दछ , कर्मले जिबनमा त्यस बस्तुको आकारलाई संगमर्मर जस्तै साकार पार्दछ र ठोस अनि बनाएर प्रकट पनि गरिदिन्छ |
तपाई आफ्नो सब्दद्वारा जे प्रार्थना गर्नु हुन्छ त्यो तपाइको बिश्वाश या मान्यता होइन - तपाइको मान्यता वा तपाइको महत्वाकांक्षा नै हो | संसारमा कुनै पनि यस्तो हर्ष छैन जसबाट तपाइको आत्मा भोक्कै रहोस र तपाइले पाउन नसकेको होस् | यस्तो कुनै पनि आशा हुँदैन जसलाई तपाइले बर्सौ देखि आफ्नो मनमा साँची राखेको र पुरा नभएको होस् | तर सोचेको हर्ष त्यति बेला मात्र प्राप्त हुन्छ र आशाको पूर्ति त्यतिबेला मात्र हुन्छ - जब तपाई पहिले त्यसको लागि योग्य हुनु हुन्छ | हुन त इच्छा गर्न योग्य बन्नु नै पहिलो कदम नै मानिन्छ किनकि इच्छा जति तिब्र हुदै जान्छ - उति नै तपाई आफ्नो मनोवान्छित बरदान को नजिक पुग्नु हुन्छ |
तपाइको मनमा जुन बस्तुको इच्छा गर्नु हुन्छ - त्यो एकदम टाढा रहेर तपाइकै प्रतिक्षा गरिरहेको हुन्छ - लुकिछिपी रहेको हुन्छ | चुपचाप अदृश्य भएर बसेको हन्छ | यदि त्यसलाई तपाइले आत्माको लागि, आफ्नो जीवन अस्तित्वको लागि आबस्यक ठान्नु हुन्छ भने त्यसलाई आफ्नो जिबन लायक बनाउनु होस् | योग्य भै सके पछी तपाइले बोलाउना साथ उ स्वयम् तपाइको सामू आइ पुग्छ | आत्मालाई जुन प्रकारको आशा- आकांक्षाको शिक्षा दिइन्छ - आत्माद्वारा त्यसलाई कार्यरुपमा परिणत गर्दछ |
हाम्रो हृदयको लालसा, हाम्रो आत्मिक आकांक्षाहरु केवल कोरा कल्पनामा उड़नका लागि होइन , केवल दिवा स्वप्न पनि होइन | ती त्यस बस्तुहरुको भविस्यवाणी हुन् , शुभ सगुण हुन्, सम्बाद दूतहरु हुन् , जुन बस्तुहरु वास्तबमा यथार्थमा परिणत हुनेवाला हुन् - जुन हामीलाई मिल्ने वाला नै छन् |
हाम्रो लालशा हरु आकांक्षाहरु हाम्रो सामर्थ्य कै संकेत हुन् , त्यसले हाम्रो लक्ष्यको उचाई नापिन्छ, हाम्रो कार्य कुशलताको सीमारेखा बताइदिन्छ | हामी जुन पदार्थलाई पाउन चाहन्छौ, सच्चा रुपबाट त्यसलाई पाउने इच्छा गर्दछौ र इमान्दारी साथ् त्यसका लागि प्रयत्न गर्छौ भने पक्कै पनि एक दिन त्यस कुरालाई पक्कै यथार्थ रुपमा बदल्न सक्छौ |
हाम्रो सामुन्ने जुन आदर्शको रहेको हुन्छ - त्यो बास्तबमा आउनेवाला बस्ताबिकताकै रुप रेखा हो | जुन ठोस पदार्थको हामि कामना गर्दछौ, त्यो कामना उही पदार्थको रुपरेखाको झलक हो | एक मुर्तिकार लाइ थाहा हुन्छ कि आफ्नो मनमा जुन मुर्तिको आदर्श सोचाइ बनाई राखिएको छ त्यो केवल उसको झुटो कल्पना मात्र होइन - बरु उसले कस्तो किसिमको बनाउने हो त्यसैको भबिस्य कथन हो | जुनसुकै संगमरमरको ठोस रुपमा परिवर्तन हुने वाला छ, आखिर मूर्तिकारको मनमा स्थित आदर्श त्यसैको पूर्व प्रतिबिम्ब नै हो |
जब हामी कुनै बस्तुका लागि पाउन इच्छा सुरु गर्छौ तब हामी त्यसका लागि हृदयमा तिब्र आकांक्षाको जन्म दिन्छौ - तब हामी त्यस बस्तु साथ् आफ्नो सम्बन्ध जोड्न थाल्छौ र जति तिब्र रुपमा जति शक्ति तथा निरन्तरता दिएर हामी आफ्नो त्यस मनोकामना लागि बुद्धिमतायुक्त तथा सतर्कतापूर्ण रुपबाट प्रयत्न गर्छौ त्यहि किसिमका त्यसलाई प्राप्त गर्न योग्य हुनेछौ |
हामीहरुको कष्ट को कारण यो हो कि हामी जति बढी पदार्थहरुको संसर्गमा रहन्छौ त्यति नै आफ्नो आदर्शको संसर्गमा रहदैनौ बरु आफ्नो आदर्श पाउने कामना मात्र राख्दछौं | उदाहरण का लागि यदि हामीले आफ्नो जवानीलाई सधै ताजा राखिरहन चाहन्छौं भने सहदै हामीले आफ्नो मनस्थितिलाई यौबनले परिपूर्ण राखी राख्नु पर्दछ | सौन्दर्यको भावनाले भरिपुर्ण राखिराख्नु पर्दछा | हामि धेरै समय सौन्दर्य र यौवनको मनस्थितिमा रहनु पर्दछ | उदेश्यमा जिउनु, मनस्थितिलाई उदेश्य अनुरुप परिपूर्ण राख्नु को फाइदा यो हुच्न्हा कि सारा शारीरिक , मानसिक तथा चारित्रिक त्रुटिहरु तथा भाग्छन | यौबनलाई उदेश्य बनाएर त्यसै विचारमा मग्न भएर जिउनुको फाइदा यो हुन्छ कि बुढ्यौली तर्फ हाम्रो ध्यान नै जादैन | हाम्रो आदर्शमा तयसको कुनै मेल खाँदैन - किनकि त्यो अपूर्ण हुन्छ र तयसको आदर्शमा हामी आफुलाई पस्न सम्म दिदैनौ |
जहाँ हाम्रो यौवनको आदर्श बिध्यमान रहेको हुन्छ त्यहाँ बुद्धत्वको प्रवेश हुनै सक्दैन | हामीले जुन आफ्नो कल्पनाद्वारा सौन्दर्यको आदर्श मोडेल तयार गरेका छौं - त्यो यौबनले भरिपुर्ण छ र सौन्दर्य ले भरिपुर्ण छ | त्यहाँ क्षिणता, बिकृति एवं कुरूपताको लेश मात्र पनि पाइन्न | अट आदरसा लाइ मनमा संगालेर जीवन जिउने कलाबाट आर्श्चर्यजनक रुपमा फाइदा लिन सकिन्छ किन भने त्यस अबस्थामा निरन्तर हाम्रो मनचक्षु समक्ष हाम्रो आदर्श मुर्ति नै विराजमान रहेको हुन्छ जुन पूर्णताबाट सम्बन्धित रहेको हुन्छ र त्यसैलाई पाउनका लागी हामी प्रयत्न शिल रहेको हुन्छौं | त्यसबाट हाम्रो आशा बढ्दछ र आफ्नो आदर्शलाइ पूर्ण रुपमा प्राप्त गर्नको लागि हाम्रो बिश्वाश बढ्दछ |
आफ्नो पूर्णता तथा दिव्यता प्रति हाम्रो आत्मबिश्वाश परिवर्तन हुन्छ किनकि हामी आफ्नो मनचक्षुद्वारा यथार्थको झलक पाउदछौं जसलाई हामी कहिले न कहिले कतै न कतै पाउन चाहिरहेका हुन्छौर हामी ठान्छौं कि त्यो यथार्थ त्यस किसिमको ठोस रुपमै प्राप्त भएरै छाड्छ |
स्वेट मार्डन बाट लेखिएको व्यक्तित्व विकास नामक किताबको आशा - अभिलाषाको चमत्कार शिर्षक बाट लिइएको सानो अंश हो यो | बाकि अंश अर्को हप्ता ...........
0 comments:
Post a Comment