
हाम्रो घर जाने यात्रा ट्याक्सीमा अघि बढ्दै थियो । मेरो मन आमा तिर नै गईरहेको थियो तर फुच्ची रुपा भने मुसुमुसु हाँस्दै थिई ।
"आमालाई अस्पताल ल्याउनु पर्छ होला बुबा के भन्नु हुन्थ्यो काली रुपा मैले सोधें ।
बैनीको मुहारमा मन्द मन्द मुस्कानका रेखाहरु आएको पाए र मैले जीस्कदै भनेँ ।
के हो काली तिम्रो मुहार हिजोको भन्दा बेग्लै छ ! मेरा साथीहरुसंग माया पिरति नि बस्यो भन है स्पष्ट मैले सहयोग गर्नु पर्ने भए गरिदिन्छु क्यारे । केटाहरु सोझा र राम्रै व्यवहारका छन् क्यारे मैले जिस्काउँदै सोधें । रुपा झन झन हास्तैँ थिई । हाम्रो यात्रा आधा बाटामा पुग्दै थियो ।
"दादा एउटा कुरा भन्छु नरिसाउनुहोस् है " उसले हल्का हाँसोका साथ भनी ।
"भन् नानु के हो म रिसाँउदिन कुरा स्पष्ट भनू मैले उसलाई सम्हाल्दै भनें ।
"उसो हो भने हामी यही ओर्लिउँ ट्याक्सी फर्काई दिउँ अनि स्पष्ट भन्छु ।" फुच्चीले निन्याउरो मुख लाउँदै हल्का मन्द मुस्कानका साथ भनी ।
"आमा बिरामी हुनुहुन्छ हामीले जति सक्यो चाँडो घर पुग्नु छ मैले पढ्ने ठाउँमा झगडा परेको तैँले
सुनिहालिस् क्यारे" मैले घरको पीडा र मेरो होस्टेलको व्यथा सम्झदै भनें ।
"दादा आमालाई त्यति साह्रो भाको छैन बरु हजुरको सुखीको कुरा छ क्या " मुस्काउँदै भनी रुपाले ।
हामी ट्याक्सीबाट ओर्लीयौं जुन ठाउँ हाम्रो मामा घर जाने बाटो थियो ।
रुपाले ओठ खोलेर केही भन्न खोजेकी छे तर सकेकी छैन ।
"के खुसीको कुरा भन न तँ मलाई उहाँ लिन जाने आमाको हालत कस्तो होला आफूलाई भेट्न आतुर भैरहेको छ छिटो भन न काली कि मेरी मायालुले भेट्न बोलाइन् ! तैले ऋतुलाई भेटेकी छैनस् भन् न छिटो " मैले भने ।
निकै समय मौन रहेर मैले पुनः सोधे । "के हो भन तेरो षड्यन्त्र भन छिटो" म चर्किएर कराए ।
"दादा कहाँबाट सुरु गरुँ खै यो सुख भनौकि-दुःख भनौ पीडा भनौकि-अपसोच मिलन भनौकि-बिछोड तपाइको हाँसो भनौ कि रोदन तपाईको चित्कार भनौकि पिडा खै कहाँ बाट सुरु गरौँ दादा " कालीले आँखाभरि साउने भेल सरी आँशु पारी भन्न थाली ।
"के हो सपना हो कि विपना म कहाँ छु मलाई के भइरहेछ कुरा स्पष्ट भन् के हो" मैले सोधे ।
"हेर्नोस् दादा हजुरको विवाहको कुराका लागि बुबा मामा अंकल आज सबै जानु भएको छ । आमा पनि हजुरको विवाह गरेर भाउजूको हातमा जिम्मा दिनका लागि हत्तारीइरहनु भएको छ । त्यसैले घरमा सल्लाह गरेर हजुरको विवाह गर्नको लागि मामा घर नजीकै जानु भएको छ ।" रुपाले सबै कुराहरु भनी ।
बैनीको यो भनाइले म छाङ्गाबाट खसेझैँ भएँ पहिले केही समय अगाडी ऋतुको र मेरो प्रेम देखेर फूलहरु मुस्कुराउँथे चराहरु गीत गाउँदा नदीको पानी लाजले छिटो छिटो हाम फाल्दा हाम्रो जीन्दगी कहाँ गएको हो पत्तै थिएन ।
ऋतुको बस्ती छोडेर म शहर पस्ता मैले ऋतुलाई भन्थ्येँ ऋतु म केही समय यहाँ नआउँदा यहाँ नयाँ फूलहरु फूल्लान यी साना गोठालाहरु ठूला होलान् नदी खोला गहिरिएलान् रुखहरु पनि बुढा होलान् अनी ……………अनि तिमी पनि …………………" ऋतुले मेरो मुख छोपीन् मैले केही नमिठो शब्द बोलूँला भनेर तर ऋतु म शहरमा पढ्न गए पनि म तिमीलाई प्रतिक्षा गरेर बस्ने छु । हेर ऋतु मैले तिम्लाई खेलवाड हैन चोखो प्रेम गरेको छु । मेरो मनमा अब अरु कसैका लागि अलिकति पनि ठाउँ छैन तिम्रो मायाले मेरो मुटु ढलपल ढलपल भरिएको छ । मैले ऋतुलाई पूर्ण विश्वास दिएको थिएँ । त्यो दिन मध्यान्न समयको पाईला अघि बढ्दै रहेको थियो ।
मेरी प्यारी बहिनीका ती बचनले मेरो मस्तिष्कमा एक झड्का करेन्टको तरङ्गले हान्यो । मेरो सुन्दर सपना लथालिङ्ग भताभुङ्ग भए दिल भित्रका सपनाहरु टुकि्रएर छताछुल्ल भईदिन लाग्यो । नदी आफ्नै गतिले बग्दै ठक्कर खाँदै बज्रिदै सागर तिर लागेझैँ भमराको मधुर स्पर्शमा फूल हाँस्नु पर्नेमा असिना झरेझै म पनि त्यही असिनाको डरमा फुलेको फूल झैँ हुन पुगे ।
मैले ऋतुलाई भन्थ्येँ तिमीबिना मेरो जीवन "मुटुविनाको जीन्दगी ढुङ्गा सरी नै हुन्छ ।" त्यसैले तिमी मेरो मुटु हौ तिमी यदि मेरी भइनौ भने मेरो जीवन पनि ढुङ्गा हुने छ ढुङ्गा । देवीलाई साक्षी राखेर खाएका कसम झलझली आयो बिगतका दिनहरु सम्झिन पुगेँछु ।
ूहेर बैनी म ऋतुलाई माया गर्छु त्यो सब तँलाई थाहै छ । सायद ऋतु म बिना बाँच्च पनि सक्तिन । मेरी ऋतु बिना पखेटा भाँचिएर उड्न नसकेको चराको जस्तो मेरो हालत हुन्छ । सिङ्गो सिसा फुटे जस्तो हुन्छ मेरो जीन्दगी, पागल हुनेछु ऋतु बिना म | पानीमाथी तैरिएको पातमा हिँडेको कमिलाको जस्तो हालत हुनेछ मेरो । मैले ऋतुसँग खाएको कसम म कदापि तोड्न सक्तिनँ रुपा प्लिज तँ यसो नभन । नानु मेरो मर्म बुझ् काली बुझू म अचानक फुच्चीसँग कराउँन पुगेँ ।
"दादा हजुरले मलाई अन्तर बिरोधी सम्झिरहनु भएको छ दादा म अन्तर विरोधको सिकार भइरहेकी छु दुइपक्षबाट । किनकी आमाको अन्तिम इच्छा हजुरको विवाह गरेर आफ्नो प्राण जावस् भन्ने छ त्यसैले आजै हजुरको विवाह हुने निर्णय हुँदै छ मलाइ त थाहा छ हजुरको र ऋतुजीको सम्बन्ध कस्तो छ के छ तर के गर्ने दादा हिजो मात्र मलाई भनेर बाध्य पारिएको हो । म देखि हजुर प्लिज नरिसाउनु होस् " रुपाले रुँदै रुँदै भनी ।
त्यतिकैमा हामी मामा घर जाने दोबाटोमा पुग्यौ । दोबाटो नजिक पीपलको बोट छेउमा अंकल आएर बसीरहनु भएको रहेछ । अंकललाई देख्दा मेरो मनमा कहाँ कहाँ निन्द्राको छेउमा देखेको डरलाग्दो राक्षस जस्तो आभास भयो । उहाँ मेरो सधै कुरा मिल्ने साथी जस्तो व्यक्तिलाई आज मेरो प्रतिद्धन्दी जस्तो लाग्यो अंकल झन् मेरो अगाडि आउँदा भूत आए झैँ भयो । उहाँले बोलेका हरेक शब्द मलाई धुर्त बोली लाग्न थाल्यो ।
"ओहो ! बसन्त तिमी आयौ के छ हाल खवर कति खेर आयौ " हाँसोका साथ भन्नु भयो । "अँ ! भर्खरै आएँ अंकल ।" मैले भने ।
"तिमीलाई बोलाउनुको कारण विशेष छ हेर बसन्त भाउजू जहिले पनि बिरामी बहिनी रुपाको स्कूल जानु पर्छ दाइलाई दिन प्रतिदिन घर अनि गाउँको पनि काम बढ्दै छ त्यसैले भाउजूको आज्ञाले हामीले तिम्रो विवाह गर्नका लागि पाइला अघि बढाएका हौँ दाइ हिजै मामाघर जानु भएको छ प्लिज विवाह गर्दिनँ नभन ल ! " अंकलले भन्नु भयो ।
"अंकल म पढ्दै छु भर्खर १८ बर्षको मात्र भएँ मेरो विवाह गर्ने उमेर पनि भाँको छैन त्यसैले अंकल म केहि बर्ष ………………… ।" मैले भन्ने कोशिस गरें ।
"किन बसन्त भन स्पष्ट भन ………………।"
"अंकल म ………………॥"
"के भन नू"
"अंकल म दिदीको घर नजिकै घर भएकी ऋतुलाई माया गर्छु र उनी पनि मलाई माया गर्छिन् " अनि उनीसँग म जीन्दगी बिताउन चाहन्छु ।"
"तर दादाले अन्तै कुरा गरि सक्नुभयो ।"
"एक पल्ट मलाई सोध्नु त पथ्र्यो नि ।"
"हामीले सोध्ने मौका नै पाएनौँ ।"
"उहाँले मलाई प्रश्न गरेर बाध्य पार्नु भयो ।"
-क्रमस:
0 comments:
Post a Comment