गाइ संग ठोक्किएर बिमान दुर्घटना, (Watch Video)

By
Advertisement
इन्डोनेशियाको कुलावेशी टापूमा अवतरण गर्ने क्रममा एक बिमान गाईसँग ठोक्किएर दुर्घटना भएको छ ।

मंगलबार आन्तरिक उडान भरेर आएको लाइन एयर बोइङको विमान जलाउद्धिन विमानस्थलमा अवतरण गर्दै गर्दा धावनमार्गमा चरिरहेका तिन वटा गाइ संग ठोक्किएको थियो ।

बिमान गाइ संग ठोक्किएर विमान धावन मार्गबाट चिप्लिएको थियो ।

बिमान चिप्लिएर दुर्घटना भए पनि विमानमा सबार ११० जना यात्रु र ७ जना चालक दलका सदस्यहरु सकुशल रहेका छन् ।

घटना मंगलबार नै भएको थियो र घटना पछि सबै उडान स्थगित गरिए पनि बुधबार देखि सुचारु गरिएको छ ।

गत अप्रिलमा पनि लाइन एयर बोइङको एक विमान धावन मार्गबाट चिप्लिएर समुद्रमा खस्दा केहि यात्रुहरु घाइते भएका थिए । उक्त विमानमा चालकदलका ७ सदस्य र १०१ यात्रु रहेका थिए ।