थप उपचारको लागि राष्ट्रपति यादवलाइ जापान लगिने

By
Advertisement
राष्ट्रपति डा. रामवरण यादव बिरामी पर्नुभए पछि उहालाई उपचारको लागि जापान लगिने भएको छ ।

केहि दिन अघि देखि राष्ट्रपति यादबलाइ पखाला लाग्ने, खानामन नलाग्ने समस्या भएको थियो ।

आफ्नो स्वास्थ्यमा यस्तो समस्या भएपछि उपचारको लागि शिक्षण अस्पताल पुग्नु भएका यादबको आन्दामा समस्या देखिएपछी उपचारको लागि आइतबार नै जापान लगिने भएको छ ।

जापानमा उपचार सम्भव नभए अमेरिका जानु पर्ने चिकित्सकले बताएका छन् ।


शिक्षण अस्पतालमा डा. शशी शर्माले राष्ट्रपति यादबको उपचार गर्दै आउनु भएकोमा उहाकै सिफारिशमा थप चेकजांचको लागि राष्ट्रपति यादबलाइ धापासी स्थित निजी अस्पताल ग्रान्डीमा लागिएको थियो ।

ग्रान्डीमा अत्याधुनिक मेसिनमा सीटी स्क्यान गर्दा ठूलो आन्द्रामा दाग देखिएको थियो ।

ग्रान्डीमा थप उपचार गरिए पनि उहाको स्वाथ्य अबस्था प्रति गम्भीर हुदै शनिबार साँझ स्वास्थ्य मन्त्रालयमा बसेको डाक्टरहरुको आकस्मिक बैठकले राष्ट्रपति यादवलाई जापान लैजाने निर्णय गरेको हो ।

राष्ट्रपतिलाई अहिले चिकित्सकको प्रत्यक्ष निगरानीमा सितल निवासमै राखिएको छ ।


अन्य नेताहरु उपचारको लागि बिदेश गइरहे पनि राष्ट्रपति भने अहिले सम्म नेपालमै उपचार गराइरहनु भएको थियो ।यादब राष्ट्रपति भएपछि उपचारको लागि विदेश जान लाग्नु भएको यो पहिलो पटक हो ।


Link :
President to be flown abroad for treatment

0 comments:

Post a Comment