
सगरमाथा अंचल प्रहरी कार्यालय राजबिराजमा शुक्रबार पत्रकार सम्मेलन गरि हत्यामा संलग्न ३ जनालाई सार्बजनिक गर्दै प्रहरीले अन्य २ जना फरार रहेको बताएको छ.
हत्याको अभियोगमा पक्राउ पर्नेमा सभासद् मियाँकी पत्नी ४६ वर्षीया नुरजहा खातुन, १९ वर्षीया छोरी रुबेदा खातुन र चतरी–६, सिरहा घर भई हाल लहान–५ बस्ने अब्दुल रउफलाई रहेका छन् .
प्रहरीले दिएको जानकारी अनुसार सभासद मिया र उनकी पत्नी नुरजहा बीच आर्थिक बिषयलाइ लिएर घरायसी विवाद रहेको थियो, त्यस्तै मियाकि माहिली छोरीले भने रुबेदाले जमिरुल सेखसँगको प्रेम सम्बन्ध पछि आफु खुसि गरेको बिबाह मियाले अस्विकार गरेका थिए. सोहि बिषयलाई लिएर आमाछोरी मिलेर योजना बनाइ मियाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ.
प्रहरीले दिएको जानकारी अनुसार २०६८ सालमा मियाको जेठी छोरी बिरामी हुदा झारफुक गर्न आउदा जमिरुल र मियाकी माहिली छोरी रुबेदाको प्रेम सम्बन्ध स्थापित भएको थियो.
केहि समय देखि पत्नीले रकम हिनामिना गरेको अनि छोरीले पनि प्रेमसम्बन्ध राखेको भन्दै पारिवारिक विवाद बढेको थियो. विवाद बढेपछि जमिरुल, नूरजहा र रुवेदा मिलेर हत्याको योजना बनाएका थिए.
हत्याको योजना बनाउन र मियाको गतिविधिको नियल्नको लागि जमिरुल, अब्दुल रउफ र एनुल सेख पटक/पटक कल्याणपुरको विसनपुर आएका थिए. उनीहरुले अघिल्लो दिन नै हत्या गर्ने योजना बनेको भएपनि उक्त योजना बिफल भएपछि भोलिपल्ट अर्को दिन सुतिरहेको अवस्थामा घाँटी रेटेर हत्या गरिएको अभियुक्तहरुले बताएको पनि प्रहरीले जानकारी दिएको छ ।
मिया आफ्नै पेट्रोल पम्पमा सुतेको जानकारी रुबेदाले दिएपछि जमिरुलले अन्य सहयोगी सहित मियाको हत्या गरि रुबेदालाई जानकारी गराएका सौर्य दैनिकको वेबसाइट मा उल्लेख छ.
गत जेठ–६ गते राति कल्याणपुर–२ स्थित आफ्नै पेट्रोल पम्पमा सुतेकै अवस्थामा पूर्व सभासद् मियाँको हत्या भएको थियो ।
मियाको हत्या बारेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
hamro sarkar le kina 10 lakh dine vanera andolangareka sanga samjhuta gareko hatarma. andolan gardaima je vanepani manidinuparne sarkarle. ki sahid pani ghosana garisakyo? pls sarkarlai ma ke vanna chahanchhu vane ramrosanga chhanbin nagarikana jasle je mag garepani namannu hola, navaye srimati ra chorile mareko manchhepani nepal ma sahid hunevayo.
ReplyDelete