
तिन दिन देखि अविरल बर्षा भएपछि दार्चुलाको सदरमुकाम खलंगा अनि वरपरका क्षेत्रमा बाढीको प्रभाब बढ्दै गएको छ ।
बाढीले खलंगामा एक महिलालाइ बेपत्ता बनाएको छ भने तिन सरकारी कार्यालय सहित दर्जनौ घर बगाएको छ ।
बाढीले सदरमुकाममा रहेको शिक्षा, स्वास्थ्य र वन कार्यालयको भवन पूर्ण रुपमा बगाएको छ भने स्थानीय बासिन्दाका १४ वटा पक्की घर, सुकुम्बासी बस्तीका १७ घरटहरा र ४ वटा मन्दिर पनि बगाएको छ।
अविरल बर्षा जारी नै भएकोले अझै थप क्षति हुन सक्ने छ । खलंगा गाबिसको एक गाउमा रहेको २५० घर जुनसुकै बेला बढीले बगाउने खतरा रहेको छ । महाकाली नदीमा रहेको नेपाल भारत जोड्ने पूल बगाउने खतरा देखेपछि त्यहाबाट हुने आवागमन बग्दा गरिएको खबर प्राप्त भएको छ ।
बाढीले ब्रह्मदेव कालागाड खोला लघु जलबिद्युत आयोजनाको पावर हाउस पनि बाढीले बगाएको छ भने खुलामञ्चको आधा भन्दा बढी भाग बगाइसकेको छ त्यस्तै जिल्ला प्रहरी कार्यालय, भूसंरक्षण कार्यालय र कवर्ड हल उच्च जोखिममा छन् । जिल्ला प्रहरी कार्यालयका तीन वटा ब्यारेक समेत खाली गराइएको छ ।
महाकाली नदीमा पानीको बहाव अहिलेसम्मकै सबैभन्दा धेरै अर्थात ४ लाख ४०हजार ३१६ क्युसेक पुगेको छ । बाढीको प्रकोपमा परेका हरुलाई नेपाली सेनाले उद्दार गरिरहेको छ ।
0 comments:
Post a Comment