जुत्ताको सोलमा भेटियो १७ किलो सुन

By
Advertisement
जुत्ताको सोल प्रयोग गरि सुन तस्करी गर्दै गर्दै ४ जना पक्राउ परेका छन् । तिब्बत बाट स्थलमार्ग हुदै तस्करी गर्न लागिएको सुन सहित जोरपाटीबाट तस्करहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नाम्ग्याल शेर्पा, सोनु शेर्पा, ज्ञानु शेर्पा र सोनम शेर्पा छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सुचना पाए पछि प्रहरी टोलि उनीहरुको लागि पक्राउ गर्न खटिएका थिए ।


सुन जुत्ताको सोलमा राखेर तस्करी गरिएको फेला पारिएको थियो । तातोपानी बाट कोटेश्वर सम्म सुपर एक्सप्रेसको गाडीमा आएर कोटेश्वरबाट बौद्धसम्म ट्याक्सीमा पुगेको जानकारी प्रहरीले पाएको थियो ।

राजधानीमा सुन तस्कर सुन सहित फेला परेको यो दोस्रो पटक हो ।

यस भन्दा अघि ठमेलमा ५ किलो सुन सहित सहयोगी पक्राउ परेका थिए तर उक्त कारोबारका प्रमुख व्यक्तिहरु भने अहिले सम्म पक्राउ परेका छैनन ।

खासाबाट गाडीमा ल्याइएको सात किलो सुन काभ्रे प्रहरीले बरामत गरेको थियो ।

पछिल्लो समयमा सुन तस्करले हवाई मार्ग छाडी तातोपानी-खासा स्थलमार्ग प्रयोग गर्दै आएका छन् । सुन तथा बिदेशी मुद्रा तस्करीमा सहयोग गर्ने दुइ प्रहरी र एसएसपी रविराज श्रेष्ठ बर्खास्त हटेपछि बिमान स्थलको सेटिङ भत्कियो । त्यसले हिजो आज तस्करीले विमानस्थल छाडेर नया बाटो प्रयोग गर्दै आएका छन् ।


gold-on-shoes

0 comments:

Post a Comment