
अपडेट: उद्दार कार्य सकिएको छ विमानमा रहेका सबै १८ जना यात्रुको सकुशल उद्दार गरिएको छ ।
मुस्ताङको जोमसोममा नेपाल वायु सेवा निगमको विमान दुर्घटना भएको छ ।
पोखराबाट जोमसोमको लागि उडेको नेपाल एयरलाइन्सको ९ एन ए वि ओ विमान ल्याण्ड गर्ने बेलामा आज बिहान दुर्घटना भएको छ ।
आज बिहान जोमसोम विमानस्थलमा ल्याण्ड गर्दै गर्दा चिप्लिएर बिमान कालिगण्डकी नदीमा खसेको बताइएको छ ।
विमानमा १८ जना यात्रु १ जना परिचारिका र २ चालक दलका सदस्य थिए । यात्रु मध्ये चालक दलका ३ जनासहित १४ जना नेपाली ७ जना जापानी नागरिक रहेका बताइएको छ ।
ल्याण्ड हुदा रनवे भन्दा बाहिर गइ बिमान अनियन्त्रित भएर कालीगण्डकीको नदीमा खसेको थियो । बिमानको पखेटा पनि भाचिएको छ ।
घटनास्थलमा स्थानीयबासी र नेपाली सेना र प्रहरीबाट उद्दार कार्य जारि रहेको छ ।
Link: nepal-airlines-plane-crash
0 comments:
Post a Comment