
यसरि छापावाल सुन प्रति तोला ५१ हजार २ सय र तेजाबी सुन प्रति तोला रु ५० हजार ९ सय ५० कायम भएको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ ।
आज चादीको मुल्यमा पनि केहि कमि आएको छ । चाँदीको मूल्य प्रति तोला ८ सय ८० रुपैयामा कारोबार भयो ।
यस बर्ष भने सुनको मूल्य अघिल्लो बर्षको भन्दा ३ हजार जतिले घटेको छ । गत बर्षको जेठमा छापावाल सुन प्रति तोला ५४ हजार ३ सयमा कारोबार भएको थियो ।
यसरि सुन सस्तो हुदै गए पनि बजार भने सुनको अभाब देखा पर्न थालेको छ । पोखराका सुनचाँदीको ब्यबसायीले त सुनचाँदीको अभाब भएको भन्दै करिब २०० पसल नै बन्द गरेका छन् |
ब्यबसायीले सरकारले कोटा प्रणाली अनुसार दिदै आएको सुन नबढाएसम्म पसल नखोल्ने भन्दै गर्दा नेपाल राष्ट्र बैंकले भने बिबाहको सिजन भएकोले माग बढ्ने भन्दै कोटामा ५ किलो बढाएर दैनिक २० किलो सुन आयात गर्न मिल्ने गर्न लागेको छ |
gold-price-decreased-by-500
0 comments:
Post a Comment