
श्रेष्ठ खानेपानीको उचित ब्यबस्थापन नगरेको, हप्तामा तीन दिन पनि पानी नदिएको, ट्याङ्करबाट वितरित पानी पनि पक्षपात गरिएको भन्दै स्थानीय बासीको प्रतिनिधित्व गर्दै खानेपानीको माग गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड मध्यपुर थिमी शाखामा पुगेका थिए |
‘स्थानीय महिलाले पानीको माग गर्दै गरेको कार्यालय घेराऊ सकिएपछि स्थानीयबासिन्दाकै अनुरोधमा खानेपानी वितरणका लागि कार्यालय प्रमुखसंग छलफल गर्न गएको थिएँ ।’ श्रेष्ठले भन्नुभयो ‘दुई कर्मचारीले भर्याङ्ग मै हातपात गरि अभद्र व्यवहार गर्दै अश्लिल शब्द समेत प्रयोग गरेर गालीगलौज पो गरे ।’
हातपात गर्ने कर्मचारीले मोर्डन कलेज समेत तोडफोड गरिदिने धम्कि दिएका थिए | कलेज श्रेष्ठकै घरमा संचालित छ |
श्रेष्ठलाइ हातपात भएको केहि समयमै स्थानीयबासि पुगेपछि हातपात गर्ने कर्मचारी भागेका थिए | स्थानीबासिन्दा दोषीलाई कारबाही हुनु पर्ने माग गरेपछि कार्यालयको सुरक्षाका लागि महानगरीय प्रहरी बृत्त ठिमीले प्रहरी परिचालन गरेको थियो |
श्रेष्ठलाइ कसले हातपात गरे भन्ने बारे सार्बजनिक नगरे पनि घटना बारे छानबिन भैरहेको शाखाका प्रमुख रमेश केसीले बताएका छन् |
तस्बिर :गूगल
drinking-water-problem-in-bhaktapur
0 comments:
Post a Comment