शिक्षकले गर्दै थिए चार वर्ष देखि बालिकाको बलात्कार

By
Advertisement
दैलेखमा एक शिक्षकले आफैले पढाउने एक बालिकालाई चार बर्षदेखी बलात्कार गदै आएको रहस्य खुलेको छ |

दैलेख स्थित भैरीकालिकाथुम गाबिसको देउवा निमाविका पढाउने शिक्षक टोपबहादुर थापाले यस्तो कुकृत्य गरेका हुन् |

कक्षा ८ मा पढ्दै गरेको बालिकालाइ चार वर्ष देखि बलात्कार गर्दै आएको र ३ पटक गर्भपतन पनि गराइसकेको प्रहरीले बताएको छ |



फेरी पनि गर्भ रहेपछि गर्भपतन गराउदा धेरै रगत बगेपछि यो घटना सार्बजनिक भएको थियो |

थापाले बिहे गर्छु भन्दै गर्भपतन गराउने गरेका थिए | पिडित १३ बर्षीय छात्रा दलित भएको र थापालाइ बिहे गर्न भन्दा दलितसंग के बिहे गर्नु भन्दै कुटपिट समेत गरेको पिडित परिवारले बताएका छन् |

पीडितका परिवारले उजुरी गरेपछि प्रहरीले शिक्षक थापालाई पक्राउ गरि आबश्यक अनुसन्धान सुरु गरेको छ |

Teacher is doing bad activities with his student of 13 years old.

teacher-arrested-in-dolakha

0 comments:

Post a Comment