
यस 5G नेटवर्कको प्रयोग पछि एउटा पुरै फिल्म डाउनलोड गर्न १ सेकेन्ड मात्र लाग्ने दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले जनाएको छ ।
इलेक्ट्रोनिक्स कम्पनी सामसुङले 5जी नेटवर्कको सफलता पुर्बक परिक्षण गरेपछि यस्तो समाचर बाहिर आएको हो ।
परिक्षण गर्दा २ किलोमिटरको दुरीमा १ गिगाबाइट प्रति सेकेन्ड भन्दा बढी गतिले डाटा प्रशारित भएको थियो ।
यो प्रविधिमा डाटा प्रसारण गति 4जी भन्दा सय गुणाले बढी हुनेछ । यसले उच्च गुणस्तरको डिजिटल चलचित्र, ठुला ठुला साइजका फाइलहरु कुनै अड्चन बिना तिब्र गतिमा ट्रान्सफर गर्न मिल्ने छ ।
तर कम्पनीले यो प्रबिधी बजारमा २०२० भन्दा पहिले नआउने बताएको छ ।
धेरै इन्टरनेट चलाउने दक्षिण कोरियामा २ करोड भन्दा बढी उपभोक्ताले 4जी नेटवर्क चलाउने गर्दछन् ।
can-download-the-movie-in-one-second-using-5G-network
0 comments:
Post a Comment