संजय दत्तको जेल दैनिकी : Bollywood hero Sanjay Datt's daily routine in Jail

By
Advertisement
बलिउड नायक संजय दत्त करिब साढे तिन बर्षको लागि जेल गएका छन् ।
 जेल मा रहदा उनले काम गर्नु पर्ने हुन्छ र पहिलो ६ महिना सम्म नया कामदारको रुपमा एक दिन को २५ रुपयाको(भारु ) दरले उनले पारिश्रमिक पाउने छन् ।
दोस्रो चरणमा उनको पारिश्रमिक प्रति दिन भारु ३५ हुनेछ भने प्रशिक्षण पुरा भएपछि दिनको भारु ४० रुपयाको दरले पारिश्रमिक पाउने छन् ।

उनलाई जेलमा रहेको क्यान्टिनबाट सामान किन्न्नको लागि परिवारको तर्फबाट हरेक महिना १५०० भारु मात्र खर्च दिन स्वीकृति दिइएको भारतीय संचारमाध्यमले जनाएका छन ।

 संजय दत्त संग परिवारका पांच सदस्यले मात्र जेलमा भेट गर्न पाउने छन् भने एक महिनामा एक पटक २० मिनेट सम्म मात्र भेट गर्न मिल्ने छ ।

जेलका अधिकारीले दिएको काम बाहेक उनले आफ्नो कपडा पनि आफै धुनु पर्ने छ ।

जेलमा उनको दिनचर्या यस्तो रहने छ :

बिहान ५:३० -- उठ्ने
६:०० बजे -- प्रार्थना गर्ने
६:०५ -- कसरत, ब्यायाम
७ देखि ८ बजे सम्म --चिया खाजा
८ बजे -- भान्साको काम
११:३० बजे दिउसोको खाना ( दाल, भात - चामलको, रोटि, तरकारी )
१२ बजे देखि बेलुका चार बजे सम्म -- अन्य काम
बेलुका ४ बजे देखि ६ बजे सम्म ---पत्रपत्रिका पढ्ने, भलिबल, क्यारेम खेल्ने

बेलुका ६ बजे : रातको खाना खाने ( दाल, भात - चामलको, रोटि, तरकारी )

६:३० देखि ९:०० सम्म : अन्य कैदीहरु संगै टेलिभिजन हेर्ने ( दूरदर्शन च्यानल मात्र)

राति नौ बजे सुत्ने

Link: Bollywood hero Sanjay Datt's daily routine in Jail

0 comments:

Post a Comment