
भारतीय आयल निगमले मे १ तारिक देखि लागु हुने गरि बिहिबार नया मूल्य सुची पठाएको छ जसअनुसार निगमलाई प्रतिमहिना २० करोड नेपाली रुपैया नाफा हुने भएको छ |
पेट्रोलियम पदार्थको विक्रीमा धेरै समय अघि देखि घाटा बेहोरिरहेको निगमले अहिलेकै मुल्यमा नेपालमा पेट्रोलियम पदार्थको बिक्रि गरे मात्र २० करोड नाफा हुने देखिन्छ र आयल निगमले पनि तत्कालै मूल्य नघटाउने बताएको छ |
यस अघि भारतीय आयल निगमले अप्रिल १६ मा पठाएको मूल्य सुची अनुसार भने नेपाल आयल निगमको मासिक घटन ६ करोड ७२ लाख हुने अनुमान गरिएको थियो |
आइ ओ सीले पठाएको नया मूल्य सुची अनुसार निगमलाई ग्यासमा प्रति सिलिन्डर ४ सय ३९ रुपैया घाटा हुन्छ जुन पहिलको प्रति सिलिन्डर घाटा ( ५ सय ४ रुपैया ) भन्दो ६४ रुपैयाले कम छ |
यस्तै नया मूल्य सुची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ८९ पैसा, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ४४ पैसा, मट्टतिेलमा प्रतिलिटर १५ रुपैयाँ ८३ पैसा नाफा छ |
NOC is in profit, petroleum price will not decrease recently
0 comments:
Post a Comment