डी भी २०१४ को नतिजा प्रकाशित

By
Advertisement


अमेरिकि डाइभर्सिटी भिसा कार्यक्रम २०१४को नतिजा सार्बजनिक भएको छ |

काठमाडौँ स्थित अमेरिकी दुताबासका अनुसार उक्त नतिजा डब्लु.डब्लु.डब्लु. डट डीभीलोट्री डट स्टेट डट जीओभी ( www.dvlottery.state.gov) मा उपलब्ध छ |


डाइभर्सिटी भिसा कार्यक्रम २०१४ को लागि सन् २०१२ को अक्टोबर २ देखि ३ नोभेम्बर २०१२ सम्म खोलिएको कार्यक्रममा सहभागी भएका ( आबेदन दिएका) व्यक्तिहरु मध्येबाट पहिलो चरणको नतिजा सार्बजनिक भएको हो |



बुधबार सार्बजनिक भएको पहिलो चरणको नतिजामा आफु छनौटमा नपरेपनि आवेदकले ३० सेप्टेम्बर २०१४ आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्न दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दुताबासले डीभी कार्यक्रम २०१४ मा छनोट भएका उम्मेदवारले अमेरिकी दूतावासमा समयमा नै अन्तर्वार्ताका लागि तत्काल आफ्ना कागजात पठाउन आग्रह गरेको छ ।

दुताबासले डी भी २०१४ को सुचिमा नाम निस्कदैमा भिसाको सुनिश्चित नभएकोले भ्रममा नपर्न पनि आग्रह गरेको छ |

डी भी २०१४ को सुचिमा नाम आएकाहरुले भिसा प्राप्त गर्नको लागि फेरी अन्तरबार्ता दिनु पर्ने हुन्छ र अन्तर्वार्तामा उतिर्ण भएपछि मात्र भिसा पाइन्छ |

आबेदनको लागि लाग्ने सुल्क अन्तरबार्तामा फेल भएमा वा भिसा अस्वीकार भएमा फिर्ता नहुने पनि दुताबासले जनाएको छ |

डिभी कार्यक्रममा छनौट भएका उम्मेदवारले भिसा प्राप्त गर्नको लागि कक्षा १२ उतिर्ण गरेको हुनु पर्ने छ तर सफल उम्मेदवारले १२ कक्षा पास नगरेको भएमा अमेरिकी श्रम मन्त्रालयले मान्यता दिने काम गरेको अनुभव आबस्यक हुनु पर्ने दुताबासले जनाएको छ |

यद्यपि थोरै मानिस मात्र यसरि कामको आधारमा योग्य हुने दुताबासले बताएको छ |



DV 2013 Results Released, you can Check Entrant Status Online through www.dvlottery.state.gov

0 comments:

Post a Comment