वाइफाई , इन्टरनेट सेवा तथा इन्टरनेट कल सेवा दिदै आएको ब्रोडलिंकको सर्भर ह्याक गरि रिचार्ज पिन चोरी भएको रहस्य खुलेको छ | ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन प्रालिको सर्भर ह्याक गरि रिचार्ज पिन चोरी गरेको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरेको छ |
झन्डै सात लाख मूल्य बराबरको रिचार्ज पिन चोरी भएको भन्दै ब्रोडलिंकले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएपछि प्रहरीले चोरी गर्नेको आइपी ठेगाना पत्ता लगाई २ जनालाई पक्राउ गरेको हो |
पक्राउ पर्नेमा कास्की धिताल ३ का सुवासचन्द्र पौडेल र कास्की चापाकोटका अमन सुनार रहेका छन् | उनीहरुले सन् २०११ मा नै ब्रोडलिंकको सर्भर ह्याक गरेर रिचार्ज पिन चोरेको भए पनि ब्रोडलिंकले भने दुइ हप्ता अघि मात्रै यो घटनाको बारेमा थाहा पाएको थियो |
रिचार्ज पिन चोरी गरेर ह्याकरले फेसबुक मार्फत साथीहरुलाई बिक्रि गरेका थिए |
One of the top WIFI provider of Nepal, Broadlink was hacked and recharge pin was stolen.

0 comments:
Post a Comment