
आफ्नै देबर पर्नेले पटक पटक बलात्कार गरेको भन्दै उजुरी दिन गएकी महिलालाई प्रहरीले नै बलात्कार गरेको रहस्य खुलेको छ |
ताप्लेजुङको दोखु गाउँ विकास समिति वडा नम्बर ७ मा बस्ने एक महिलाले आफ्नो देबर पर्ने अल्ले कान्छाले पटक पटक बलात्कार गरेको भनेर सुकेटार विमानस्थल प्रहरी चौकीमा उजुरी दिएकी थिइन् |
पिडितको उजुरी पछि प्रहरीले पीडक ( आरोपी) र पिडित दुबैलाई पक्राउ गरेको थियो | पक्राउ पछि गए राति पिडित ती महिलालाइ चौकीमा कार्यरत असई कमल राईले पनि बलात्कार गरेको महिलाले बताएकी छिन |
आरोपी सहित तिनै जनालाई गए राति नै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्ले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरिले जनाएको छ |
crime-on-taplejung-by-police
0 comments:
Post a Comment