मोटोपन घटाउने सजिलो उपायहरु : Lose your weight now ## tips for losing weight

By
Advertisement

Having Difficult losing weight ? Here are some best tips to lose your weight
हामीहरु धेरै मोटोपनको सिकार भएका छौ र आफ्नो मोटो शरिर घटाउन धेरै प्रयत्न गर्छौ , बजार मा पाइने बेल्ट लगाउने जिम गर्ने तथा अन्य धेरै उपाय हरु अपनाउने गर्दछौं | यस्ता उपाय भन्दा पनि हामीले हाम्रो खानेकुरामा नै ध्यान दिने हो भने धेरै हद सम्म हामीले मोटोपनको शिकार हुन पर्दैन |

बिशेस गरि सहरी इलाकामा ताजा देखाई राख्न प्रयोग गरिएको केमिकल युक्त खान खाने गर्नाले यस्तो मोटोपनको शिकार होइन्छ | अत्याधिक मोटो हुनाले हामीलाई अन्य रोगले पनि छिटो आक्रमण गर्ने गर्दछ |

यसरि मोटोपन ले गर्दा हामीलाई जीबनयापन गर्न निक्कै नै असजिलो पर्ने गर्दछ , मोटोपनबाट बच्न तथा मोटोपन घटाउन खानामा नियन्त्रण गर्न सक्नु पर्दछ | केहि मोटोपन घटाउने उपायहरु निम्न छन् :....

* रक्सि तथा अल्कोहल जन्य पदार्थहरुको सेबन नगर्नुहोस |

* दुध तथा दुधबाट बनेका बढी चिल्लो हुने पदार्थको सेवन बाट टाढा रहनुहोस | साथै बनस्पति घिउ नखानु राम्रो हुन्छ |

* बिहान उठ्ने बित्तिकै अदुवा र कागती लाइ काटेर पानीमा उमाली चिसो बनाइ खाने गर्नाले मोटोपन घट्छ |

* ज्यादा कार्बोहाइट हुने खानाको प्रयोग कम गर्नु पर्छ, चामल, आलु , सख्खर, चिनी तथा गुलियो चकलेट हरुमा कार्बोहाइट बढी हुन्छ |

* फलफुल तथा आलुको बोक्रा ननिकाली तिनलाई प्रयोग गर्ने गर्नुहोस | हिजो आज धेरैले आलु तथा फलफुलको बोक्रा निकालेर खाने गर्दछन |

* बन्दा,मा बोसो घटाउने तत्व हुन्छ, बन्दा काउली आदि खानामा तरकारी को रुपमा प्रयोग गर्नुहोस |

* एक चम्चा पुदिनाको रस २ चम्चा मह संग मिलाइ केहि दिन सम्म सेवन गर्नाले मोटोपन बाट छुटकारा मिल्छ |

* बिहान उठ्ने बित्तिकै २०० ग्राम जति गोलभेडाको रस खाने गर्नाले सरिरमा भएको बोशोको मात्र घटी मोटोपन घट्दछ |

* सकेसम्म फलफुल र पानीको सेवन बढी गर्नुहोस, दिनमा करिब ७-१० लिटर पानी पिउने गर्नुहोस |

* नुन अनि गुलियोको प्रयोग कम गर्नुहोस |

* खानामा रेशादार तरकारीको प्रयोग गर्नुहोस, |

* गाजरको रसले पनि मोटोपन घटाउन सहयोग गर्ने गर्दछ | बिहान बेलुका दिनमा करिब २ देखि ३ पटक सम्म गजरको रश सेवन गर्नाले मोटोपन घट्छ |

यहाँ प्रकाशित भएका खानेकुराहरु प्राय हाम्रो दैनिक जिबनमा हामीले सधै हाम्रो खानामा समाबेश गरिने हरु नै छन् | त्यसैले आफ्नो घर वरीपरि पाइने यी खानेकुराले नै मोटोपन घटाउन सहयोग गर्छ भने हामी मोटोपन घटाउन भौतारिदै उपाय खोज्न तिर किन लाग्ने ? एक पटक यी उपायहरु प्रयोग गरि हेरौ न त |


lose-your-weight-now-tips-for-losing-weight

0 comments:

Post a Comment