सुनको मुल्य फेरी बढ्यो

By
Advertisement
सुनको भाउ आज मंगलबार पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ५० हजार ८ सय मा बिक्रि भएको सुन २ सयले बढेर प्रति तोला ५१ हजार पुगेको छ |


गत हप्ताको सोमबार, मंगलबार र बुधबार प्रति तोला ४९ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य बिहिबार देखि बढिरहेको छ |

यद्यपि आज भने सुनको मूल्य अन्तराष्ट्रिय बजारमा नबढी नेपालमा मात्रै बढेको हो | डलर संग नेपाली रुपैयाको विनिमय दरको कारणले नेपाली सुन बजार प्रभावित बनेको सुन व्यवसायी बताउछन |

चांदीको भाउ भने आज पनि स्थिर रहेको छ | गत ४ दिन देखि चाँदी तोलामा ८ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ |

Link: gold-price-increased-by-Rs.200

0 comments:

Post a Comment