भिषण आगलागीमा परि करिब १५० घर जले

By
Advertisement
बर्दियामा भिषण आगलागी भएको छ | बर्दियाको वेलवा ७ को चेपाङमा मंगलबार राति ११ बजे देखि आगलागी सुरु भएको थियो |

आगलागी बाट साना ठुला गरि करिब १ सय ५० घर जलेको भनिए पनि अझै पनि आगलागी नियन्त्रमा लिन नसकिएकोले क्षतिको यकिन विवरण प्राप्त भएको छैन |


रत्न राजमार्गको कोहलपुर सुर्खेत सडक अन्तर्गत पर्ने बबई पुल नजिकको बजार क्षेत्रमा लागेको आगो निभाउन नेपालगञ्ज र बर्दियाबाट दमकल मगाइएको थियो भने स्थानीयबासि र प्रहरीले पनि आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् |

एक स्थानिय बासिन्दाको अनुसार बबई पुल नजिक किनारमा बालिएको आगो हावाहुरीले गर्दा बस्तीमा सल्किएपछि आगलागी भएको थियो |

Link: fire-on-bardiya

0 comments:

Post a Comment