
सोमबार राजधानीमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण समारोहमा रेग्मीले सरकारले चाहेर र हुन्छ भनेर मुखले भन्दैमा चुनाब हुन नसक्ने धारणा राखे | चुनाबको लागि दलहरु इमान्दार भएर प्रस्तुत हुनु पर्ने उनले बताएका छन् |,
'मुखले हुन्छ भन्दैमा चुनाव हुँदैन । विगतको तितो अनुभव पनि त्यस्तै छ,' उनले भने 'म न्यायीक पृष्ठभूमिको मान्छे हुँ, मलाई थाह छ ढिलो न्याय दिनु न्याय नदिनु सरह हो तर त्यसो भन्दैमा सिघ्रताको नाममा अपरिपक्व काम गर्न भएन ।'उनले हतारमा चुनाब नगर्ने बताए |
निर्वाचनको बिरोधमा रहेका दलहरुलाइ लक्षित गर्दै रेग्मीले भने 'सबै दलको सहभागिता बिना संविधानसभाको निर्वाचन गर्न हुँदैन । यो कानुन बनाउने चुनाव हो यसमा सबै खाले सहभागिता अपरिहार्य छ ।'
संबिधान सभाको निर्वाचन सकेसम्म छिटो घोषणा हुनु पर्ने भन्ने धेरैको चाहना अनुरुप तयारी भएको र निर्वाचन कानुन निर्माण अन्तिम चरणमा पुगेको पनि उनले बताए ।
Link : election-in-nepal
0 comments:
Post a Comment