झापामा पनि खुल्यो कन्डम हाउस

By
Advertisement
न्यू कण्डम हाउसले झापाको दमकमा पनि आफ्नो शाखा खोलेको छ | न्यु कन्डम हाउसको यो आठौ शाखा हो |

न्यू कण्डम हाउसले आफ्नो शाखा दमक–१३ स्थित पश्चिम बसबिसौनीको एक घरमा स्थापना गरेको छ | हाउसका संचालक गोविन्द खतिवडाले बढ्दो एचआइभी एड्सको सुरक्षाका लागि भरपर्दो साधनलगायत विभिन्न यौनवद्र्धक सामग्रीहरूको कारोबार गर्ने उद्देश्यले कन्डम हाउस संचालनमा ल्याइएको बताउनु भएको छ |

उहाले हाउसबाट बढ्दो एचआइभीको प्रभाव न्यूनीकरण गर्न सुरक्षित यौन सम्पर्कमा यस्ता हाउसले शिक्षामुलक तथा सामग्रीहरूको सुलभ कारोबार गरिआएको बताउनु भएको छ |

खतिवडाले पूर्वको धरान, इटहरी जस्ता प्रमुख सहरी क्षेत्रपछि हाउसले दमकमा शाखा व्यापारिक सेवाको थालनी गरेको बताउनु भयो |

न्यु कन्डम हाउसमा रु एक देखि रु आठसम्मको प्रतिगोटा दरका कण्डम तथा रु दुई हजारदेखि रु २० हजारसम्मका यौनसन्तुष्टिका खेलौना(सेक्सटोय)हरू बिक्रीका लागि उपलब्ध हुने छन् |

कन्डम तथा अन्य यौनजन्य सामाग्रीहरुको बिक्रि गरे पनि यस हाउसले भने स्वदेशी तथा विदेशी ब्राण्डका सामग्रीहरुकोबिक्रि वितरण गर्ने गर्दछ |

तस्बिर : गूगल


link: condom-house-in-damak

0 comments:

Post a Comment