
नेपालको पहिलो संबिधानसभाका अन्तिम दिनहरुको सम्झना गर्दै त्यसबेलाका ११ घटना भट्टराईले ट्वीटरमार्फत सार्बजनिक गरेका छन् | आफुले संकटकाल लगाएरै भएपनि संबिधानसभा जोगाउने प्रस्ताब ल्याउदा दलहरुले नमाने पछि संबिधानसभा बिघटन हुन पुगेको भट्टराईले ट्वीटर मार्फत बताएका छन् |
पहिलो संविधानसभाको अन्तिम दिनका घटनाक्रमहरू
१. ०६९ वैशाख २१ गते प्रमुख राजनीतिक दलहरुका वीचमा तत्काल बाबुराम भट्टराईको नेतृत्वमा संयुक्त सरकार वनाउने, संविधानका वांकी रहेका विषयमा सहमति गर्ने तथा जेठ १४ भित्र संविधान जारी गर्ने र नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गर्ने औपचारिक सहमति ।
२. जेठ २ गते प्रमुख राजनीतिक दलहरु वीचमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदवाट निर्वाचित प्रधानमन्त्री सहितको मिश्रित शासकीय प्रणाली, ११ प्रदेशको संघीय राज्य संरचना लगायतका संविधानका वांकी विषयमा अनौपचारिक सहमति ।
३. त्यसको लगत्तै पछि देखि उक्त सहमतिको विरोधमा मधेसवादी र जनजाति सभासद् लगायत विभिन्न दलहरुद्वारा ‘नेपाल वन्द’ लगायतका आन्दोलनको थालनी र जेठ २ गतेको सहमति वस्तुतः भंग ।
४. जेठ ९ गतेसम्म कुनै नयां सहमति नवनेपछि संयुक्त सरकारद्वारा संविधानसभाको म्याद जेठ १४ पश्चात् तीन महिनाको निम्ति थप गर्न विधेयक प्रस्तुत गर्ने निर्णय र तत्कालीन उप.प्र.म. तथा कानूनमन्त्री कृष्णप्रसाद सिटौलाद्वारा संसद सचिवालयमा विधेयक दत्र्ता ।
५. जेठ १० गते संविधानसभाको म्याद थप्ने विधेयकका विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता र ११ गते सर्वोच्च अदालतद्वारा संसदमा छलफल र पारित हुन वांकि रहेको सरकारी विधेयकका विरुद्ध फैसला गर्दै संविधानसभाको म्याद थप्न रोक । त्यसै दिन ने.का.का मन्त्रीहरु संयुक्त सरकारवाट फिर्ता ।
६. जेठ १२ र १३ गते दिनभर संविधानका वांकी विषय मुख्यतः संघीयतावारे सहमति कायम गर्न प्रमुख दलहरु असफल ।
७. जेठ १४ गते विहान ९ वजेदेखि प्र.म.निवास वालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको वैठक । एनेकपा(माओवादी), संयुक्त मधेसी मोर्चा र जनजाति ककसका सभासदहरु पहिचान सहितको संघीयताको पक्षमा र ने.कां. तथा एमालेको नेतृत्व त्यसको विपक्षमा उभिएकाले दिउंसो ३ वजेसम्म कुनै सहमति हुन नसकेको ।
८. दिउंसो ३ वजेपछि वांकी वैठक संविधानसभा परिसर (नयां वानेश्वर)मा गर्ने समझदारी अनुरुप शीर्ष नेताहरु वलुवाटारबाट प्रस्थान गरेकोमा ने.कां. र एमालेका नेताहरुले वीचैमा षड्यन्त्र गरेर शीर्ष वैठक संविधानसभा अध्यक्षको कार्यालय, सिंहदरवारमा सारेको ।
९. सिंहदरवारमा प्रमुख दलका शीर्ष नेताहरु र कतिपय सभासदहरु समेतको उपस्थितिमा भएको वैठकमा गतिरोध कायमै रहेपछि र सांझ ६ वजे पश्चात् संविधानसभा अध्यक्षले प्राविधिक रुपमा समेत त्यसदिन संविधान जारी हुन नसक्ने वताए पछि एनेकपा(माओवादी)द्वारा तत्काल संविधानसभाको वैठक शुरु गरेर निर्णय प्रक्रियामा लैजाने वा केही दिनसम्म लगातार संविधानसभाको सत्र संचालन गर्ने प्रस्ताव गरेकोमा सभाध्यक्षद्वारा अस्वीकार ।
१०. सांझ करिव ९ वजेतिर अन्तिम विकल्पको रुपमा तत्कालीन प्र.म. बाबुराम भट्टराईद्वारा ‘आफु कलंकको टीका लगाएर पनि संकटकालको घोषणा गर्न र संविधानसभाको म्याद थप्न तयार रहेको’ वताउंदा पूर्व प्र.म. शेर व. देउवा र एनेकपा(माओवादी) वाहेक अरु कसैले पनि समर्थन नगरेपछि त्यस दिन संविधान जारी गर्ने अथवा संविधानसभाको म्याद थप्ने सवै प्रयत्न निष्फल ।
११. जेठ १४ गते मध्यरात पछि संविधानसभाको स्वतः अवसान हुने निश्चित भए पछि संविधानविद्हरुको सल्लाहमा सदन जीवित रहंदै संविधानको धारा–६३ वमोजिम र सर्वोच्चको फैसला अनुरुप सरकारद्वारा अर्को संविधानसभाको निर्वाचन घोषणा ।
Link: baburam-bhattarai-on-twitter
0 comments:
Post a Comment