नयाबर्षमा राखी सावन्त रंगशालामा ननाच्ने

By
Advertisement
नया बर्षमा हुने भनिएको 'बलिउड म्युजिक एन्ड मस्ती'मा बलिउड अभिनेत्री राखी सावन्तको प्रस्तुति नहुने भएको छ | आयोजकले कार्यक्रम स्थगित गरेकोले दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेत्री राखी सावन्तको प्रस्तुती यो नया बर्षमा नहुने पक्का नै भएको हो |

अज्ञात समुहले धम्क्याएको कारण असुरक्षा महसुस गरि कार्यक्रम स्थगित गरेको आयोजक विपनाज मिडियाका भरतकुमार शाही बताउछन |



उता राखी सावन्त भने नेपाल आउनको लागि मुम्बई बाट दिल्ली आइ सकेकी थिइन् | आयोजकले कार्यक्रम स्थगित गरेको जानकारी दिएपछि उनि फेरी मुम्बई नै फर्की सकेकी छिन | यस अघि चैत १७ गते हुने भनिएको कार्यक्रम पनि स्थगित गरेको थियो |

भोलिको कार्यक्रममा राखीसँगै, कृष्ण अभिषेक, सुदेश लेहरी, भूमि त्रिवेदी र राजदीपलगायत कलाकारले आफ्नो प्रस्तुति दिने कार्यक्रम थियो | आयोजकले अब यो कार्यक्रम पूर्ण रुपमा नै स्थगित गरेको भनेको छ |

'बलिउड म्युजिक एन्ड मस्ती' को लागि आयोजकले १० हजार, १ हजार र ५ सयका दरका टिकट बेचेको थियो | आयोजकले कार्यक्रम पूर्ण रुपमा स्थगित भएको जानकारी दिए पनि टिकट कतेकाको पिसा फिर्ता गर्ने बारे भने केहि बताएको छैन |

Link : Rakhi-Sawant-not-comming-for-New-Year-Show

0 comments:

Post a Comment