संजय दत्तले पाए चार हप्ता थप समय

By
Advertisement
भारतको सर्वोच्च अदालतले संजय दत्तलाइ आत्मसमर्पणको लागि समय थप गरेको छ | सन् १९९३ मा मुम्बइमा भएको बम काण्डमा दोषी ठहरिएका बलिउड नायक संजय दत्तलाइ अदालतले चार हप्ताको समय थपिदिएको हो |



समय नथपिएको भए दत्त अप्रिल १८ तारिकमा जेल जानु पर्ने हुन्थ्यो | दत्तले केहि दिन अघि सर्बोच्चलाई पत्र लेख्दै केही समय थपिदिन आग्रह गरेका थिए | अहिले संजय दत्तको नाममा बलिउडमा १ करोड लगानी भएको छ |

संजय दत्तको वकिलले यो समय अझै नपुगेको बताएका छन् | वकिलले संजयको नाममा १ करोड लगानी रहेको र काम पुरा गर्न ६ महिना लाग्ने विचार व्यक्त गरेका थिए |
यो आग्रह अनुसार ६ महिना नदिए पनि अदालतले संजयलाई ४ हप्ताको समय थपिदिएको छ |

अब ४ हप्ता भित्रमा उनले आत्मसमर्पण गर्ने पर्ने हुन्छ | अदालतले मे १८ सम्म जुनसुकै हालतमा पनि संजयले आत्मसमर्पण गर्ने पर्ने भनेको छ | अब फेरी पनि आत्मसमर्पण गर्नको लागि समय थप गर्नको लागि माग गर्न नमिल्ने पनि अदालतले बताएको छ |


अदालतले गत मार्च २१ मा १९९३ को मुम्बइमा भएको बम काण्डमा गैह्रकानुनी हतियार राखेको भन्दै दोषी ठहराई ५ बर्षको जेल सजाय सुनाएको थियो र आत्मसमर्पण गर्न भनेको थियो |

यो पनि हेर्नुहोस
Link: Court-delays-Sanjay-Dutt-jail-return

0 comments:

Post a Comment