मोडेलका यस्ता फोटोहरु बनेपछि (फोटो फिचर)

By
Advertisement
भनिन्छ १००० वटा शब्दले बताउने जति कुरा एउटा फोटोले नै बताउँछ । फोटोग्राफी एउटा यस्तो कला हो, जसमा फोटोग्राफरको मात्रै नभई क्यामेराको आगाडिको बस्तु अर्थात् फोटो खिच्ने र खिचिने दुबैको महत्वपूर्ण भूमिका हुन्छ ।

सुरुसुरुमा मानिसहरुले आफ्नो यादहरुलाई संगालेर राख्नका लागि फोटो खिचेर सम्हालेर राख्ने गर्थे । तर हाल आएर फोटोग्राफी कुनै पनि ब्रान्डको बिज्ञापन गर्नका लागि पनि महत्वपुर्ण साध्य बनिसकेको छ ।
तपाईहरुले देख्नुभएकै होला कयौं मोडेलहरुले विभिन्न ब्रान्डका विज्ञापनका लागि फोटोशूट गराउदै गरेका ! सामने आउने प्राय तस्विरहरु फाइन क्वालिटीका हुन्छन र मनै हर्ने खालका लोभलाग्दा तस्विरहरु हुन्छन । तर आज हामी तपाईहरुलाई केहि अचम्मका तस्विरहरु देखाउदै छौ जसमा भएको केहि गडबडीले तस्विरहरुलाई अचम्मका बनेका छन् । हेरौँ केहि तस्विरहरु:

जब हातले दियो धोका: यो तस्विरलाई राम्रोसंग हेर्नुभयो भने तपाइले देख्नुहुन्छ मोडेलको हात कहाँ र कसरि आएको छ ? त्यहि हातको धोकाले यो तस्विरलाई पुरै बिगारिदियो ।


बच्चाले बिगारेको तस्विर : हेर्दा त लाग्छ यो फोटो कारको विज्ञापनका लागि हुँदै थियो । फेरी अर्को तर्फबाट सोच्ने हो भने यो तस्विरमाथि नै शंका गर्ने ठाउँ पनि भेटिन्छ । खैर जेका लागि खिचिएको भए पनि बच्चाको आगमनले तस्विरलाई पुरै बिगारिदिएको छ ।

पोजमा नै शंका : थाहा छैन यी मोडेलले किन यस्तो पोज दिईन, अथवा हुन सक्छ कुनै अर्कै पोज दिन खोज्दा गल्तिबस् यस्तो पोजको फोटो निस्कियो ।

पुलिसको टेपले बेरिंदा : पुलिसले प्रयोग गर्ने टेपले आफ्नो शरीर ढाकेर फोटोशूट गराएकी यी महिला सोचेकी पनि थिइनन होला कि उनको तस्विरको यो हाल होला ।


कसरि चलाउने होला कार : थाहा छैन यो फोटो किन खिचियो तर फोटो हेरेर अचम्ममा चाही पक्कै परिन्छ, किनकि यसरि बसेर कार कसरि चलाउने होला भन्ने कुरा सबैको दिमागमा आउछ ।



चिहानमा मोडलिंग : यस्तो मोडलिंग सायदै कसैले गरेको होला । हजुरबाको चिहानमा उभिएर उनले सेक्सी अन्दाजमा फोटो खिचाएकी छिन ।

आँखा नहेरी कसरि चालिन यिनले गोटी : चेसबोर्डमा नै नहेरिकन कसरि चालिन यिनले चेसको गोटी ? जबाफ दिने पालो तपाईहरुको ।

जनावरले पनि बिगार्न सक्छन तस्बिर : जनावरले कयौं पटक तस्विरमा अझ निखारता ल्याउने गर्छन तर यो तस्विरमा भने यी दुइ जनावरले तस्विरलाई पूर्ण तवरले बिगारिदिएका छन् ।


स्यान्डीले यो के गर्यो ?: अमेरिकामा आएको स्यान्डीपछी खिचिएको यिनको यो तस्विरले खुबै चर्चा पाएको थियो ।

Amazing-Pictures-of-models

0 comments:

Post a Comment