
सरकारले गरेको भाडा वृद्धि फिर्ता नभएसम्म आन्दोलन जारि रहने आन्दोलनरत विद्यार्थी संगठनका विद्यार्थीहरु बताउछन | संगठनले भाडा वृद्धिको विरोध गर्दै आज पनि काठमाडौँ मा प्रदर्शन गरेका थिए |
११ विद्यार्थी संगठनले काठमाडौँको प्रदर्शनी मार्गदेखि पुतली सडक, बागबजार हुँदै शान्तिवाटिकासम्म प्रदर्शन गरेका छन | सरकारले गत शुक्रबारदेखि सार्वजनिक यातायातमा ९ प्रतिशत भाडा बढाएपछि आन्दोनमा उत्रिएका विद्यार्थीहरुले आज विभिन्न क्याम्पस अगाडी सीटी जुलुस प्रर्दशन गरेका थिए भने हिजो विभिन्न सरकारी क्याम्पस अगाडी १ घण्टा चक्काजाम गरेका थिए |
चैत्र १ गते बाट एसएलसी परीक्षा सुरु हुने हुँदा उक्त परिक्षालाइ असर नपर्ने गरि आन्दोलन गर्ने विद्यार्थीहरु बताउछन् |
0 comments:
Post a Comment