
नवलपरासी घर भई काठमाडौंको जोरपाटी बस्ने उषा पौडेले (नाम परिवर्तन) को चलाखी हो यो। अनुहारको कुरा गर्ने हो भने नायिका उषा पौडेल भन्दा कम छैनन् उनी। त्यही अनुहारको पछि लाग्दा काठमाडौंका दुई युवा प्रहरी खोरमा पुगे। पौडेलका प्रेमी उमेश उप्रेती र अर्का साथी आकाश श्रेष्ठ युवतीकै डिजाइनमा काभ्रेको बनेपास्थित इलाका प्रहरी कार्यालयको खोरमा थुनिएका हुन्।
भर्खरै टिनएज पार गरेका यी तीन युवा–युवतीको कहानी निकै रमाइलो छ। पौडेल र उप्रेतीबीचको प्रेमसम्बन्ध एक वर्षभन्दा पुरानो भइसकेको थियो। मिनभवन घर भएका उप्रेती गाडीसम्बन्धी एक कम्पनीमा कार्यरत छन्। साथीभाइमार्फत् उनको पौडेलस“ग चिनजान भएको थियो।
उप्रेतीले युवतीलाई स्कुटर किनिदिए। विभिन्न डिमाण्डहरु पूरा गर्दै गए। धेरै पटक घुमाउन लगे। अन्त्यमा दुवैले बिहे गर्ने प्रणसमेत गरिसकेका थिए।
तर, मुटुमा सजाइसक्दा समेत ती युवतीको वास्तविक रुप भने उनले थाहा पाएकै रहेनछन्। प्रेमको नाटकमा ती युवती उनको पैसा झार्नमा केन्द्रित थिइन् भन्ने कुरा उप्रेतीले त्यतिबेला चाल पाए जतिबेला आफ्नै साथी आकाश श्रेष्ठस“ग उनको परिचय गराए।
श्रेष्ठस“ग चिनजान भएको एक सातामै युवतीले उनलाई नगरकोट घुम्न जाने प्रस्ताव राखिन्। उनले युवतीलाई मोटरसाइकलमा राखेर पुस २७ गते उनी नगरकोट गए। बेलुका नगरकोटमै बस्ने सहमति भएको समझादारी अनुसार उनीहरु हिमालयन रक नामक होटलमा बसे। एउटै ओच्छ्यानमा रात बिताए।
भोलिपल्टै श्रेष्ठले युवतीलाई जोरपाटीस्थित डेरा नजिकै लगेर छोडिदिए। युवतीले साथीको घरमा जान्छु भनेर घरमा ढा“टेर निस्किएकी थिइन्। परिवारले उनी नगरकोट गएको चाल पाएपछी घटनाले अर्कै मोड लियो। आफूस“ग बिहे गर्न तयारी भएकी युवती आफ्नै साथीस“ग नगरकोटमा रात बिताएर फर्किएको थाहा पाएपछि युवतीका परिवारलाई उप्रेती आफै“ले खबर गरिदिएका थिए।
सो विषयलाई लिएर घरमा झगडा भएपछि युवतीले दुवै प्रेमीविरुद्ध महानगरीय प्रहरी वृत्त बौद्धमा गएर आफ्नै ब्याइफ्रेण्डको योजनामा आफूमाथि नगरकोटमा बलात्कार भएको भन्दै उजुरी दिइन्।
महिला हिसंाविरुद्ध आन्दोलन चर्किरहेका बेला त्यसरी प्रेमीकै सहयोगमा बलात्कार भएको उजुरीलाई प्रहरीले पनि गम्भीरताका साथ लियो। बौद्ध प्रहरीले उनका प्रेमी उप्रेतीलाई पक्राउ गरी पुस २९ गते भक्तपुर प्रहरीलाई बुझायो।
अनुसन्धान गर्दा हिमालयन रक होटल काभ्रे जिल्लामा पर्ने भएपछि भक्तपुरले पनि कानुनी कारबाहीका लागि काभ्रे प्रहरीलाई बुझायो। होटल भएको क्षेत्र इप्रका बनेपामाअन्तर्गत पर्ने भएकाले अहिले उसले दुवै जना युवकलाई जबर्जस्ती करणी मुद्दामा कारबाही अघि बढाएको छ।
पौडेलका प्रेमी उप्रेती र श्रेष्ठ दुवैले आफूहरुलाई उनले फसाएको दाबी गरेका छन्। हालसम्मको अनुसन्धान हेर्दा बलात्कारको कुनै प्रमाण नभेटिएको प्रहरी अधिकारीहरु बताउ“छन्।
युवतीको दाबीअनुसार उनलाई बेहोस बनाएर नगरकोट पुर्याइएको थियो। बेहोस भएको व्यक्ति कसरी मोटरसाइकलको पछाडी बसेर नगरकोटसम्म कसरी गइन्? उनले नै खुलाउन सकेकी छैनन्।
…घटना कुनै फिल्मभन्दा कम छैन,' इप्रका बनेपाका एक प्रहरी अधिकारी भन्छन्, …बलात्कारको कुनै प्रमाण नभेटिएपछि जाहेरी दर्ता भइसकेकाले अब हामीले अदालतमा मुद्दा चलाउनै पर्छ।'
स्रोतका अनुसार पछिल्लो समयमा उप्रेती र पौडेलबीच खटपट बढेको थियो। युवतीको अन्य युवाहरुस“ग पनि सम्बन्ध र आर्थिक कुरालाई लिएर विवाद भएको थियो। युवतीले उनीस“ग आइफोन मागेकी थिइन्। तर उप्रेतीले दिन नसक्ने बताएपछि उनी उनकै साथी श्रेष्ठस“ग लागेकी थिइन्।
श्रेष्ठले ती युवतीसँग शारीरिक सम्पर्क भएको स्वीकारेका छन्। आफू युवतीकै प्रस्तावमा नगरकोट गएको र समझारीमै शारीरिक सम्पर्क भएको उनले प्रहरी बयानमा बताएका छन्।
दुवै पक्षको कुरा सुनेपछि काभ्रेकी प्रहरी प्रमुख एसपी गीता उप्रेतीले आचरण ठीक नभएकी केटीको पछि लाग्दा फसेको भन्दै दुवै युवकलाई गाली गरेकी थिइन्।
दुवै जना यतिखेर आफूहरु सुन्दरीको जालमा परेको भन्दै हिरासतमा पछुतो मानिरहेका छन्। कतिसम्म भने युवतीले दुवै युवालाई आफ्नो नाम समेत फरक–फरक भनेकी थिइन्। विभिन्न नाम राखेर फेसबुकमा अकाउन्ट खोलेको अनुसन्धानमा खुलेको छ। - अपराध.कम