
काठमाडौं, मंसिर २१ – भारत सरकाको छबी बिगारेको र साम्प्रदायिक सदभाव भड्काउने कार्यक्रम हरु प्रस्तुत गरेको भन्दै नेपालबाट प्रसारण हुने २ टेलिभिजन लाइ भारतीय सरकारले प्रतिबन्ध लगाउन लागेको संचारमाध्यमहरुले जनाएका छन् |
प्रतिबन्ध लगाउन लागेका २ टेलिभिजनहरुमा कान्तिपुर टेलिभिजन र नेपाल टेलिभिजन रहेका छन् | नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजन लगायत २४ वटा अन्य टेलिभिजन हरुमा सरकारले प्रतिबन्ध लगाउन लागेको हो |
प्रतिबन्ध लगाउन लागिएको २४ टेलिभिजन लाइ नेपाल, पाकिस्तान र बंगलादेशसँग सिमा जोडिएका राज्यहरुमा साम्प्रदायिक दंगा फैलाउने तथा भारत बिरोधि कार्यक्रम प्रसारण गरेको इन्टेलिजेन्स ब्यूरोको प्रतिवेदनमा उल्लेख गरिएको छ |
उक्त प्रतिबेदनमा नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजन सहित दुबई, भूटान, साउदीका टेलिभिजन भारतमा गैरकानूनी ढंगले डाउनलिंक भएको र नेपालसँग सीमा जोडिएका भारतका उत्तरी राज्यमा हेर्न मिल्ने कान्तिपुर र नेपाल टेलिभिजनले भने समाचार र धार्मिक कार्यक्रम मार्फत भारत बिरोधि सामग्री प्रसारण गरेको प्रतिवेदनमा दावी गरिएको छ ।
उता पाकिस्तानको भने सरकारी टेलिभिजन सहित १४ टेलिभिजन लाइ प्रतिबन्ध गर्न इन्टेलिजेन्स ब्यूरोले सरकारलाई सुची पठाएको छ । यी टेलिभिजनले जम्मु कस्मिर, पन्जाब, उत्तर प्रदेश, हैदराबाद, आसाम, श्रीनगर तथा मुम्बइमा हुने गरेका साम्प्रदायिक घटनालाइ उकास्नको लागि यी टिभीको प्रयोग गरिएको ब्युरोको दाबि छ |
Pakistani TV channels identified as being stridently anti-India include QTV, Madani TV, ARY TV, the official broadcaster PTV, PTV Home, PTV World, Geo TV, Dawn, Express, Waqat, Noor TV, Hadi TV, Aaj, Filmax and STV.
They are available in Jammu Kashmir and Punjab. Other TV channels that are illegally down-linked into India and are known to spew malicious content include Peace TV (Dubai), Saudi TV, TV Maldives, NTV (Bangladesh), XYZ TV, Nepal TV, Kantipur (Nepal), Ahmedia Channel (UK-based) and Bhutan Broadcasting Service.
These channels are watched in the north-eastern states and in areas bordering Nepal.
-Dailymail
0 comments:
Post a Comment