किनभने प्रधानमन्त्री बाबुराम भट्टराइ शुक्रबार मुक्त कमैया बाबुराम चौधरीको घरमा बास बस्न जादै छन् |
त्यस्तो त बाबुराम यसरि गरिबको घरमा बास बस्न जानु कुनै नौलो कुरा होइन र उनको यो पहिलो पटक पनि होइन |
तर यो पटकको बासले यतिको चर्चा पाउनुको कारण मुसा हो | हो मुसा, प्रधानमन्त्री बाबुराम भट्टराईलाइ स्वागत गर्न यो पटक बाबुराम चौधरीले मुसाको तरकारी र चटनी तयार गर्दै छन् |
थारु संस्कृति अनुसार मुसा र घोगीको परिकारलाई बिशेष परिकार मानिने भएको ले यसको तयारी गर्न लागिएको चौधरी बताउछन |
प्रधानमन्त्रीले खान्छन वा खान्नन् तर चौधरीले भने दुख गरेरै मुसा र घोंगीको व्यवस्था गर्दै छन् | मिडियाका अनुसार बिहीबार दिउसो सम्म चौधरीको घरमा एक किलो घोंगी ल्याइसकिएको छ भने मुसा खोज्न ४/५ जना खटिएका छन् |
मुसा पाउन निक्कै गाह्रो भए पनि सुक्रबार सम्म चौधरीले १०/१२ वटा मुसा खोजेर तयार पर्ने बताएका छन् |
मुसाबाट बन्ने परिकार
चटनी -खेतबाट मारेर ल्याएको मुसाको आन्द्राभूँडी निकालिन्छ । त्यसपछि त्यसलाई झिरमा उनेर आगोमा सेकाइन्छ । पाक्न थालेपछि त्यसलाई बाहिर निकालिन्छ र भुत्ला फालिन्छ । सानो कुचोले सफा गरेर त्यसलाई टुक्रा पारिन्छ । टुक्रा पारेर फेरि सेकाइन्छ र सेकुवा बनाइन्छ । अनि बाहिर निकालेर स्वाद अनुसार नून, तेल, मसला, बेसार, धनिया, खुर्सानी राखेर मोलिन्छ । उतिखेरै जिब्रो नै रसाउने गरी मुसाको स्वादे चट्नी तयार हुन्छ ।
तरकारी- थारु समुदायमा धेरैले मुसाको चटनी मन पराउँछन् । तर, तरकारीका रुपमा पनि यसको उत्तिकै प्रयोग हुन्छ । अरु पशुपंक्षीको मासु पकाएजस्तै गरी नून, तेल, मरमसला हालेर मुसाको तरकारी पकाइन्छ । भन्टा र लौकामा मुसा मिसाएर बनाइएको तरकारी धेरैले मन पराउँछन् ।
सेकुवा-आगोमा सेकाएर भूत्ला निकालेपछि काटकुट पारेर त्यसमा नूनमसला हालेर सेकुवाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । हाँस, कुखुरा, राँगो, भैंसी, खसीको जस्तै मुसाको सेकुवामा पनि अरु खाद्य पदार्थ राखेर स्वादिलो बनाउन सकिन्छ ।
एउटा मूसाले एकजनालाई मात्र भाग पुग्छ । झोल हालेर बाँड्ने हो भने दुई तीनजनालाई पनि पुर्याउन सकिन्छ ।
-अनलाइ खबर
त्यसो त प्रधानमन्त्रीले घोंगीको स्वाद भने महोत्तरीको मुसहर बस्तीमा बास बस्दा नै लिइसकेका छन् | तर मुसाको परिकार भने उनको लागि नया स्वाद हुनेछ |
Baburam Chadhari going to make the pickle of mice, Ghongi, as food for P.M. Dr. Baburam Bhattrai
0 comments:
Post a Comment