
(एजेन्सी) बिकशित मानिने भारतको सहर दिल्लीमा गत आइतबार राति ठुलो घटना घट्यो | एक २३ बर्षीय मेडिकल विद्यार्थीको सामुहिक बलात्कारको सिकार भइन त्यो पनि गुडिरहेको बसमा |
भारतमा यस्ता सामुहिक बलात्कारको घटनामा यो घटना पहिलो भने होइन तर यो घटनाले निक्कै नै ठुलो रुप लिएको छ | संसदमा समेत हंगामा मच्चिएको छ | दिल्लीका केहि ठाउ अस्तव्यस्त नै बनेका छन् |
यो घटनाले ठुलै रुप लिदा पनि फेरी अन्य घटना सार्बजनिक हुदै गएपछि केटीहरु राति हिड्न नै नसक्ने सम्मको कुरा उठिरहेको छ भने प्रहरीको सुरक्षा ब्यबस्था कस्तो छ र अपराधिहरु कसरि प्रहरी संग नडराई हिडेका छन् भन्ने जस्ता प्रश्न खडा भएको छ |
कसरि भएको थियो त घटना ?
बरेलीमा बस्ने उनि द्वारका को मधुविहार क्षेत्रमा बस्ने गर्दथिन | उनले देहरादुनबाट फिजियोथेरेपीको पढाई सकेकी थिइन | उनि उत्तरी दिल्लीको एक अस्पतालमा इंटर्नशिप गर्दै थिईन |
उनले आइतबार बेलुका ६.४० को शोमा साथी संग फिल्म हेरेकी थिइन | फिल्म ८:४० मा सकिएको थियो | र उनीहरु द्वारका जानको लागि मुनीरका आए र त्यहाँ बाट एक प्राइभेट बसमा चढे | उक्त बसमा करिब ५-६ जना अन्य व्यक्तिहरु थिए |
केहि पर जाने बित्तिकै तिन जना केटाहरुले उनलाई जिस्काउन थाले | आफ्नो साथीलाई जिस्काउन थाले पछि उनको केटा साथीले बिरोध जनाए | तिनीहरुले उनको केटा साथीलाइ पनि फलामको रडले कुटे र घाइते बनाए | ( साथी सफ्टवेर इन्जिनियर हुन् )
त्यसपछि त्यहाँ रहेका दुइ व्यक्तिले उनलाई जबरजस्ती बसको पछिल्लो सिटमा लगे र करिब एक घण्टा सम्म बलात्कार गरिरहे | तर ड्राइभर भने बस् चलाइरहेको थियो | युबती संगै गएका केटा साथीको भने हात खुट्टा बाधिएको थियो |
बलात्कार गरिसकेपछि युबती र उनको साथीलाई चलिरहेको बस् बाट बाहिर फ्याकिदिए | समाचारमा जनाइए अनुसार बसबाट फ्याकेका युबती र उनका साथी सडकमा निर्बस्त्र थिए | उनीहरु अवस्था निक्कै नाजुक थियो |
रातको १०:२० बजे तिर प्रहरीलाई महिपालपुर को जीएमआर कम्पनिको गेट नजिकै एक युबक र युबती निर्बस्त्र र घाइते छन् भन्ने सूचना आयो र प्रहरीलाई उनीहरुलाई अस्पताल लग्यो |
घाइतेलाई अस्पताल लगेपछि प्रहरी घटनाको बारेमा बुझ्न थाल्यो र एक होटल को बाहिर लगाइएको सीसीटीवी क्यामरा बाट बसको बारेमा जानकारी भयो साथै युबतिको साथीले पनि बस सेतो रंगको रहेको र बसमा ‘यादव’लेखिएको थियो | बसमा रहने व्यक्तिहरुले उनीहरुलाई बहादुरगढ़ जादै गरेकोले द्वारका सम्म छाडिदिने बताएको थिए |
प्रहरीले यो जानकारी पाएपछि बस र चालकलाई नियन्त्रणमा लियो र अन्य आरोपीहरुको खोजि कार्य तिब्र बनायो | प्रहरीले अहिले सम्म पाच जनालाइ पक्राउ गरि सकेको छ |
युबतिको अवस्था नाजुक
सामुहिक बलात्कारको शिकार बनेकी २३ बर्षीय मेडिकल बिद्यार्थीको हालत नाजुक रहेको अस्पतालले बताएको समाचारमा उल्लेख छ | उनको रगतमा संक्रमण(सेपसिस) फैलिएको छ | यसलाई नियन्त्रण गर्नु नै डाक्टरको मुख्य चुनौती बनेको छ |
सफदरगंज अस्पताल को आईसीयू मा भर्ना गरिएकी उक्त युबतीलाइ मार्फिन को औषधि दिए पछि होस आएको थियो |
पिडित को उपचार गरिरहेकी प्रसूति रोग विशेषज्ञ डाक्टर अरूणा बत्राले आफ्नो जिबनकालमै कति धेरै यस्ता बलात्कारको घटनाको पिडितको उपचार गरेको तर यो जस्तो डरलाग्दो घटना अहिले सम्म थाहा नभएको बताउछिन | उनि भन्छिन " अहिले सम्मकै ठुलो अमानबिय घटना होला, यहा मान्छेले होइन कुनै हिंस्रक जनावरले आक्रमण गरेको जस्तो देखिन्छ |
डाक्टरहरुले आफ्नो तर्फबाट युबतिलाई बचाउन सक्दो प्रयास गरेको भन्दै पिडित युबतिको धेरै सल्यक्रिया गर्नु पर्न सक्ने बताइरहेका छन् |
आरोपी मध्ये एकले भने आफुलाई मृत्यदण्ड दिनु भनिरहेका छन् | तर आन्दोलनरत अन्य भने उसलाई मृत्युदण्ड भन्दा पनि ठुलो सजाय दिनु पर्ने बताउदै छन् |
तस्बिर : घटनामा प्रयोग भएको बस
contd.....
0 comments:
Post a Comment