लगातार दुई रात १० घरमा चोरी र तोडफोड

By
Advertisement

रुकुम, ५ पुस । गत सोमबार र मङ्गलबार राति स्यालापाखा गाविसका विभिन्न वडाका १० वटा घरमा लुटपाट तथा चोरी भएको छ ।

दुई रात भएको चोरीबाट करिब रु १२ लाखभन्दा बढीको धनमाल चोरी र क्षति भएको पीडितले बताएका छन् ।



चोरी गर्ने कुनै व्यक्ति नभै समूह हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी चौकी पिपलका इन्चार्ज देवबहादुर गिरीले बताउनुभयो ।

ती ठाउँहरूमा स्थानीयवासी नभएको मौका छोपी चोरी भएको हो । अत्यधिक चिसो हुने समयमा सो ठाउँका सर्वसाधारण हरेक वर्ष तातो मौसम भएको ठाउँमा बसाइ सारेर बस्ने गर्दछन् । लगातार चोरी हुने क्रम नरोकिएपछि स्थानीय त्रसित भएका छन् । रासस

0 comments:

Post a Comment