के जलेकै कारणले भएको थियो त बिन्दुको मृत्यु

By
Advertisement
बाराको प्रस्टोकाकी युवती बिन्दु ठाकुरको हत्या आगोले जलेर भएको भनिए पनि उनको मृत्यु आगोले जलेर नभएको हुनसक्ने शंका उत्पन्न भएको छ |

बारा जिल्ला अस्पतालले प्रहरिलाई उपलब्ध गराएको पोस्टमार्टमको रिपोर्टमा बिन्दुको मृत्यु जलेको कारणले भएको भनिए पनि
प्रहरीका एक अधिकृत भने यो रिपोर्ट मान्न तयार छैनन |

उनले शबको प्रकृति हेर्दा सामान्य जलेको देखिएको र शरीरको माथिल्लो भागको छाला अलि अलि जल्दैमा मृत्युको कारण आगोले जल्नु हुन नसक्ने बताउछन |

सौर्य दैनिकमा प्रकाशित खबर अनुसार प्रहरीले अन्य कारणले मृत्यु भएको रिपोर्ट आउने आशंका गरे पनि जलेकै कारणले मृत्यु भएको रिपोर्ट आएपछि प्रहरी अधिकृत नै आश्चर्यमा परेका थिए |

पोस्टमार्टम जिल्ला अस्पताल कलैयाका डाक्टर अभिषेक सिंह, डाक्टर प्रकृति ऊर्जा र डाक्टर राजु कुशवाहाको टोलीले गरेको थियो | सो रिपोर्ट त्यहि अस्पतालका अन्य डाक्टरहरु पनि मान्न तयार छैनन्, उनीहरु भन्छन शरीरका कुनै पनि भाग गम्भीर रुपले जलेको छैन त्यसैले सामान्य जल्दैमा जलेकै ले मृत्यु भएको भन्नु गलत हुन सक्छ |

उता घटनामा प्रहरीको पनि निक्कै लापरबाही देखिएको छ | हत्याको अनुसन्धानमा संलग्न प्रहरीले पनि पोस्टमार्टमको रिपोर्ट आउनु भन्दा अघि नै शब परिवारलाई दाहसंस्कारको लागि जिम्मा लगाएको थियो | लिखित रिपोर्ट आउनु भन्दा अघि शब दाहसंस्कार गर्न नपाइने कानुनी प्राबधान रहेपनि प्रहरीले जिम्मा लगाए पछि बिहीबार बिहान आफन्तले दाहसस्कार गरेका थिए |

फेरी प्रहरीले बिन्दुको घटनामा परिवारकै सदस्यको मिलेमतो हुन सक्ने भन्दै मृतक का बुबा राम ठाकुरलाई नियन्त्रणमा लिएको थियो | हत्याको प्रकृति हेर्दा हत्यामा बाहिरी व्यक्तिको भन्दा परिवारको संलग्नता हुनसक्ने देखिएको प्रहरी दाबि छ |

परिवारका अन्य सदस्यले ट्युसन गएकी भन्नु र मृतक बिन्दुले जाडोमा लगाउने कपडा नलगाउनु र किताब कापी पनि केहि नबोक्नुले घटना शंकास्पद बनेको प्रहरी ठम्याई छ |

स्थानीय बासीका अनुसार भने मृतकका बुबा रामा ठाकुरले केहि महिना अघि मृतक बिन्दुको एक युबक संग सम्पर्क बढेको भन्दै बिन्दुलाई बानि सुधार्न धम्क्याएका थिए |

प्रहरीले मृतक बिन्दु संग सम्बन्ध नजिक भएको भनिएको केटाको पनि पहिचान गरिसकेको र अनुसन्धानको दायरामा राखेको र मृतकका आमा, दिदी र बहिनीलाई पनि हिरासतमा लिएर सोधपुछ गरिरहेको बताएको छ |

0 comments:

Post a Comment