
भारतको राजधानी नयादिल्लीमा सामुहिक बलात्कार र कुटपिट का कारण गम्भीर घाइते २३ बर्षीय युवतीले आफ्नो प्राण त्यागेकी छिन |
दिल्लीमा तिन पटक सम्म अपरेशन गर्दा पनि उनको स्वाथ्य अबस्थामा सुधार नभएपछि उनलाई सिंगापुर लागिएको थियो |
सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालका प्रमुख कार्यकारी केल्भिन लोहले वक्तव्य मार्फत शरिर र दिमागमा गम्भीर चोटका कारण सिंगापुरको अस्पताल लग्दै युबतिको अवस्था जटिल रहेको र धेरै अंगले काम गर्न छाडेकोले उनको मृत्यु भएको जनाएका छन् |
लोहले अत्यन्त नाजुक अबस्थामा पनि युबतिको मृत्यु संग संघर्ष गर्ने साहस देखिएको पनि बताएका थिए | एलिजाबेथ अस्पतालमा ८ जना विशेषज्ञको टोलीले बिरामीको अवस्था स्थिर राख्न निरन्तर प्रयास गरेका थिए । मुटु फोक्सो र पेटमा निक्कै ठुलो समस्या रहेको र दिमागमा लागेको चोटको कारण उनको स्वास्थ्यमा कुनै सुधार नआएको चिकित्सकले बताएका थिए |
गत डिसेम्बर १६मा भारतको दिल्लीमा गुडिरहेको बसमा ती मेडिकल छात्रालाइ कुटपिट गरि सामुहिक बलात्कार गरेका थिए |
बलात्कृत युबतिको मृत्यु भएको खबर सार्बजनिक हुने बित्तिकै दिल्ली लगायत भारतका विभिन्न ठाउहरुमा प्रदर्शन सुरु भएको छ |
भारत सरकारले दिल्ली लगायतका शहरमा सुरक्षा व्यवस्था कडा परेको छ भने प्रहरीले दोषीमाथि कारबाही हुने भन्दै संयम राख्न आग्रह गरेको छ |
0 comments:
Post a Comment